नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाली क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकरले बिहीबारदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् ।
नेपालले हालै नामिबियमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका तीन खेलका प्रशिक्षक रहेका प्रभाकरको प्रशिक्षण सहित सहभागि नेपाली खेलाडी सबै खेलमा पराजित हुनुका साथै खेल वर्षका कारण रद्द भएको थियो ।
नामिबिया भ्रमणबाट नेपाल फर्किए लगत्तै भारत प्रस्थान गरेका प्रभाकरले दिएको राजीनामा नेपाल क्रिकेट संघ (क्यान)ले स्विकृत गरेसंगै प्रभाकर भारत फर्किएका हुन् ।
प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा गत सावन महिनामा नियुक्त भएका हुन् । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यसै वर्षको नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका प्रभाकर भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।
प्रतिक्रिया