खाडी मुलुकमा रहेका २६ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म बहराइनमा १२, यूएईमा ८, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २६ जना नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
विश्वप्यापी महामारीका रुपमा रहेको कोरोना संक्रमणका कारण हजारौंको ज्यान गै सकेको छ भने अमेरिका र बेलायतमा नेपालीहरुको मृत्यु समेत भएको छ । युएईमा अहिले ६ जनाको अस्पतालमा उपचार भै रहेको छ भने दुई जना नेपाली उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
युएई सरकारले आफ्नो देशमा रहेका सबैलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गर्दै आएको छ ।
प्रतिक्रिया