US Khabar

दुताबासको कन्सुलर शिबिर, एकै दिनमा जारी भयो १३८ पासपोर्ट र ३३ एनआरएन कार्ड

- USKHABAR | २ महिना पहिले प्रकाशित

दुताबासको कन्सुलर शिबिर, एकै दिनमा जारी भयो १३८ पासपोर्ट र ३३ एनआरएन कार्ड

अमेरिका स्थित नेपाली राजदुतावासले विहिबारबाट संचालनमा ल्याएको कन्सुलर सेवा शिविरबाट एकै दिनमा १ सय ३८ जनाले राहदानी र ३३ जनाले एनआरएनए आईडी कार्ड प्राप्त गरेका छन् ।

डिसेम्बर १५ तारिकबाट डिसेम्बर २० तारिकसम्म टेक्ससका ३ स्थानमा छुट्टा छुट्टै शिविर संचालन हुने कार्यतालिका अनुसार डिसेम्बर  १५ बाट टेक्ससको अर्भिङ स्थित नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र एनसीएससीको हलबाट सेवा शिविर सुरु भएको छ ।

जस अन्तरगत संचालित शिविरबाट पहिलो दिनमा नै धेरै नेपालीहरु लाभाम्वित हुने गरि सेवा प्रदान गर्न आयोजक कमिटी सफल देखिएको छ ।

एनआरएनए अमेरिका टेक्सस च्याप्टरका अध्यक्षक सोफिन थापाले दिएको जानकारी अनुसार डिसेम्बर १५ १६ र १७ तारिकका दिन टेक्ससको अर्भिङ स्थित एनसीएससी हलमा संचालन हुने ३ दिने सेवा शिविरबाट अपेक्षाकृत रुपमा नेपालीहरुले राहदानी नविकरण र गैर आवासिय नेपाली परिचय पत्र प्राप्त गर्ने भएका छन् ।

च्याप्टर अध्यक्ष थापाका अनुसार दुतावास संगै एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेपाली समाज ह्युस्टन, ग्रेटर अस्टिन नेपाली सोसाईटी र क्रियटिभ नेप्लिज सोसाईटी गरि टेक्ससका सक्रिय ६ संघ संस्थाको संयुक्त आयोजनामा सुरु भएको यस कन्सुलर शिविर अर्भिगं पछि डिसेम्बर १८ र १९ तारिकका दिन अस्टिन स्थित क्यन्स हल कन्ट्री रोड हुट्टोमा र २० तारिकका दिन ह्युस्टनको रिचमण्ड एभमा संचालन हुँदैछ ।

दुतावास संगै एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेपाली समाज ह्युस्टन, ग्रेटर अस्टिन नेपाली सोसाईटी र क्रियटिभ नेप्लिज सोसाईटी गरि टेक्ससका सक्रिय ६ संघ संस्थाको संयुक्त आयोजनामा आयोजित सेवा शिविरमा राहदानी नविकरण गैर आवासिय नेपाली परिचय पत्र र विधुतीय रहदानी जस्ता महत्वपूर्ण विषयमाथी अन्तरक्रिया सहितको परामर्ष सेवा प्रदान गरिदैछ ।

नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीका अनुसार नेपाली बाहुल्यता रहेको क्षेत्र टेक्सस डालसमा सुरु भएको यस शिविरमा सेवा लाभका लागि पहिलो दिन नै ७ सय सय भन्दा माथिका नेपालीहरुले नाम दर्ता गराईसकेका छन् र विभिन्न शहरमा अझै ६ दिन सम्म चल्ने सेवा शिविरमा सेवाग्राही अझै थपिने संभावना ज्यादा छ ।

महासचिव उप्रतीले अमेरिका भरमा नै सबै भन्दा धेरै नेपाली बाहुल्यता रहेको राज्य भएकाले टेक्ससमा सेवाको आवश्यता पनि धेरै देखिनु स्वभाविक भयको र आवश्यकतालाई ध्यानमा राखि कन्सुलर शिविर संचालनमा ल्याईएको जानकारी दिएका छन् ।

त्यस्तै नेपाली समाज टेक्ससकी महिला संयोजक गुञ्जन भण्डारीले दिएको जानकारी अनुसार नेपाली राजदुतावास अमेरिकाको कन्सुलर शिविरका लागि विभिन्न राज्यबाट नेपालहरु बाक्लो उपस्थिती रहेको छ भने अन्य राज्यबाट पनि प्रतिनिधिमुलक सहभागिताको क्रम जारी छ ।

नेपाली राजदुतावास प्रतिनिधिका रुपमा टेक्सस आएका उत्तम घिमिरेका अनुसार दुतावासबाट घिमिरे सहित ३ जना प्रतिनिधिको सहभागिता रहेको छ । पहिलो दिन नै करिव ७ सय ६० जनाले पासवर्डको लागि आवेदन फर्म भरिसकेकाले कन्सुलर सेवा शिविरबाट यस पटक उल्लेखनिय रुपमा सेवाग्राहीले सेवा प्राप्त गर्ने देखिन्छ ।

पहिलो दिन १ सय ४० जनालाई सेवा लक्ष्य अनुरुप राति ८–९ बजे सम्म सेवा संचालन गरेको दुतावासले आफ्नो लक्ष्य अनुरुप १ सय ३८ जनालाई सेवा प्रदान गरेको छ ।

नेपाली समाज टेक्ससका सदस्य सरोज सिग्देलले पनि कन्सुलर सेवा शिविरबारे जानकारी दिंदै नेपाली समुदायको वाहुल्यता रहेको टेक्सस राज्यका ३ छुट्टा छुट्टै क्षेत्रबाट सेवा संचालन हुने हुँदा यस पटकको कन्सुलर क्याम्प सर्भिसबाट सहज रुपमा सेवालाभ लिन पाएकोप्रति सेवाग्राहीले खुसी व्यक्त गर्दै आएको जानकारी दिएका छन् ।

आयोजक कमिटीका अनुसार दुताबासले प्रदान गर्ने अधिकृत बारेशनामा प्रमाणिकरण सेवा पनि दिने लक्ष्य समेत राखिएको भएपनि विशेष कारणवस यस पटक सो सेवा भने यस पटकलाई स्थगित भएको छ । बाँकी सवै सेवाहरु पूर्व कार्यतालिका अनुसार नै संचालन हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!