पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । २०७२ सालको बिनासकारी भुकम्पका यर्थाथ मानविय कथाहरु बोकेको पत्रकार पन्थीको कम्पनको दोस्रो संस्करण २४ औं सगरमाथा आरोहणका क्रममा आरोही कामीरिता शेर्पाले सगरमाथाको चुचुरोबाट लोकापर्ण गरेका हुन् ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित कम्पनले बिनासकारी भुकम्पको त्यो कथा बोकेको छ जो आजसम्म बाहिर आउन सकेको छैन । हाल अमेरिकामा रहेका पन्थी २०७२ बैसाख १२ को भुकम्प गएको खवर थाहा पाए लगत्तै आफ्नो तर्फवाट केहि सहयोग गर्न सकिन्छ कि भनेर पहिलो टिकेट काटेर नेपाल गएका थिए ।

पन्थीले सिन्धुपाल्चोक गोरखा लगायतका भुकम्प प्रभावित जिल्लामा पुगेर संकलन रिपोर्टका आधारमा तयार भएको यस पुस्तकमा भुकम्प पिडित, सहयोगमा जुटेका स्वास्थयकर्मी १९९० सालको भुकम्पलाई देखेका मान्छेहरुसंगको अनुभव लगायतका धेरै जना ब्यक्तीसंगको कुराकानीबाट जन्मेको कम्पन एउटा दस्तावेजका रुपमा तयार भएको छ ।

सगरमाथामा लोकापर्ण यसकारण पनि कम्पन संग जोडिएको छ कि २०७२ को भुकम्पमा सगरमाथामा हिमपहिरोका कारण  आरोहणमा रहेका करिव २ दर्जनको ज्यान जानुको साथै ८४ आरोही घाईते भएका थिए । १६ जना गाईडको मृत्यु भएको यस बिनासको समयमा भुकम्प हिमपहिरोबाट खुम्बु आइसफलको बाटो, ग्ल्यासियरमा विछ्याइएका अधिकांश भर्यायाङहरु पुरिएकाले सो वर्षको सगरमाथा आरोहण नै स्थगित गरिएको थियो ।

कम्पन पुस्तक लोकापर्ण गरेका आरोही कामीरिता शेर्पाले सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।आरोही शेर्पाले यस पटकको आरोहणमा महत्वपूर्ण २ रेकर्ड कायम गरेका छन् । पहिलो २४ औं सफल सगरमाथा आरोहण र अर्को एउटै सिजनमा दुईपटक सगरमाथा आरोहण ।

 

Comments

comments