भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि आक्रोशि विप्लव समुहले सरकालाई चेतावनी दिएको छ । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको भिडन्तको नाटक रचेर गरिएको हत्या भन्दै विप्लव समुहले बिभिन्न कार्यक्रमको घोषणा सहिद सरकारलाई चेतावनी दिएको हो ।

महासचिव विप्लवले विज्ञप्ती जारी गर्दै सरकारले भिडन्तको झुठो नाटक रचेर कार्यक्रममा हिडिरहेका घिमिरेको निर्ममरुपमा हत्या गरेर आफनो फासीवादी अनुसार नाङगाएको बताएका छन् ।विज्ञप्तिमा भनिएको “हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ। उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।”

सरकारलाई जनमुक्ति अभियानलाई रोक्ने दुस्साहस नगर्न समेत चेतावनी दिएका विप्लवले घिमिरेको हत्या प्रकरणको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न पनि माग गरेका छन् । साथै पार्टी घिमिरेको हत्यालाई लिएर बिरोधको कार्यक्रमहरु समेत घोषणा गरेको छ । जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ।

घिमिरेको तिघ्रामा गोली लागेको थियो । उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरीबाट मारिएको यो पहिलो घटना हो ।

 

Comments

comments