अनाथ तथा गरिव बालबालिकाको शिक्षाका लागि काम गरिरहेका एक क्षिक्षक आफैंले राखेको बिद्यार्थीको कुटपिटबाट घाईते भएका छन् । काठमाडौँ गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका प्रधानाध्यापक निर्मल तामाङमाथी २२ वर्षीय छिरिङ तामाङले आक्रमण गर्दा उनको आँखा फुटेको हो ।

होस्टेलमा राखेका छिरिङ विद्यालयबाट १०र१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले लागुऔषध दुर्व्यसनीको शंका गर्दै विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्न गएका थिए ।

सोधपुछका क्रममा रहेका आफ्नै अभिभावकमाथी आक्रमण गर्न सुरु गरेका छिरिङलाई छुट्याउन गएका प्रध्यानध्यापकमाथी जाई लागेका उनले प्रध्यानध्यापकको आँखा फुटाईदिए पछि यस घटनाको सर्वत्र निन्दा भएको छ ।

 

Comments

comments