मुक्तककार विटु केसीको गीत’ मायाको मात’ सार्वजनिक भएको छ । केसीको मुक्तक संग्रह ‘मायाको मात’को शिर्ष मुक्तकबाट गीतका रुपमा आएको यो गीत भिडियो सहति ओएसआर डिजिटलको युटुव च्यानल मार्फत सर्वजनिक भएको हो ।

संगीतकार अनिल शाहीको संगीत रहेको यस गीतमा प्रविशा अधिकारी र अनिल शाहीको आवाज र अभिनय रहेको छ । आधामन नामक गीतिसंग्रहको दोस्रो गीतका रुपमा रहेको मायाको मात सार्वजनिक संगै धेरै स्रोता दर्शकले मन पराईरहेका छन् । गायक शाहि र गायिका अधिकारीकै कन्सेप्टमा तयार भएको यस गीतको भिडियोलाई रसिला श्रेष्ठले खिचेकी हुन् भने सम्पादन अमृत चापागाईंको रहेको छ ।

मायाको मात गीत कसरी जन्मियो भन्ने प्रशंग पनि मिठो छ । मायाको मात मुक्तक संग्रहको शीर्ष मुक्तकबाट प्रभावित भएर संगीतकार अनिल शाहीले एउटा गित लेख्न आग्रह गरे । बिटु केसीले शब्दहरु कोरिन, त्यसैको परिणति मायाको मात बोलको यो गीतको जन्म भएको हो ।

आधा मन एल्बमको दोस्रो गीतको रुपमा सार्वजनिक भएको मायाको मातको प्रशंसा भै रहेको छ । यस अगाडि तिमीले बोले मात्रै बोलको पहिलो भिडीयो गीत सार्वजनिक भएको थियो जसमा गायिका ऐंजेला श्रेष्ठको स्वर रहेको छ ।

‘आधा मन’ एल्बमका सबै गीत रचना बिटु केसी हो सुल्तान अफ स्ट्रिंगको रुपमा चर्चित संगीतकार अनिल शाहीले एल्बमका सबै गीतमा संगीत भरेका छन । यस एल्बममा छ वटा गीतहरु समावेश छन, जुन क्रमश प्रसारित हुँदै जाने संगीतकार शाहीले जानकारी गराए । अन्य गीतमा जीना रसाइली , आशिष गुभाजु , किरण भुजेल लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।

Comments

comments