काठमाडौँ : नायक तथा मोडल पुस्प खड्का र नायिका शिल्पा पोखरेलको अभिनय रहेको लोकदोहोरी गीत ” लोभी आखा ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस नया लोक दोहोरी गीत ” लोभी आखा ” को म्युजिक भिडियोमा शिल्पा र पुष्पको जोडी राजा र रानी झैँ देखिएका छन । “आफ्नो मन ” युट्य़ुब च्यानलले बजार ब्यबस्थापन गरेको यस गीतमा संगीतकार बसन्त थापा र लक्ष्मी मल्लको सुमधुर गायन रहेको यस गीतमा गीतकार कृष्ण केसीको एकल शब्द रचना अनि बसन्त थापाको संगीत सिर्जना रहेको छ भने यस गीतमा संगीत संयोजन भने आशिष अविरलको रहेको छ ।

रामेश्वोर कार्कीको छायांकन ,बिकाश ज्ञावाली भिडियो सम्पादन रेहको यस गीतको म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाइ कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक शिब बिकले निकै आकर्षण अनि मोहक तरिकाले निर्देशन तथा कोरियोग्राफी गरेका छन ।

Comments

comments