US Khabar

अमेरिका निवासी करण राईले जिते ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को उपाधि

- USKHABAR | १ महिना पहिले प्रकाशित

अमेरिका निवासी करण राईले जिते ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को उपाधि

अमेरिका निवासी करन राईले गायन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ४ को उपाधी जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै करण विजेता हुन सफल भएका हुन् ।

त्यस्तै, सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।
विजेता बनेसँगै करणले नगद २५ लाखसँगै अन्य आकर्षक पुरस्कार हात पारे। त्यसो त, अन्य उत्कृष्ट ३ ले पनि नगदसँग आकर्षक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

कोच प्रमोदबाट योगेश मगर, कोच राजुबाट करण राई, कोच प्रविशाबाट साइल लिम्बू र कोच राजेशबाट सविना योङहाङ गरि ४ जना फाइनल चरणसम्म पुग्न सफल भएका थिए।

करन राई संगै भ्वाइस अफ नेपालको उपाधी हात पार्ने दुई अमेरिका निवासी नेपाली भाषी भएका छन् । यस अघि किरण गजमेरले भ्वाइस अफ नेपालको उपाधी हात पारेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!