अमेरिकामा रहेको सामाजिक संस्था हेल्प फर डेस्पेरेट एण्ड हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल (एचडिएनपी)ईन्टरनेशनले टेक्सस राज्यमा आफ्ना मुल्य दुई कार्यक्रम सम्पन्न गरेको छ ।
एचडिएनपी ईन्टरनेशनले गत डिसेम्बर २४ तारिक र अंग्रेजी नयाँ बर्ष सन् २०२३ को जनवरी १ तारिकका दिन टेक्ससको युनिटी पार्क फोर्ट वर्थमा र लिभिङ्ग वर्ड हार्भेस्ट मेन्स होम ड्यालसमा संस्थाको अभियान अन्तरगतका २ महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको हो ।
संस्थापक सभापति तथा संचालक देवी डेविड आचार्यले यूएस खबरलाई दिएको जानकारी अनुसार जाडोका कारण घरबार विहिनहरुलाई पर्न जाने समस्यालाई ध्यानमा राखि एचडिएनपी ईन्टरनेशनले डिसेम्बर युनिटी पार्क फोर्ट वर्थमा र लिभिङ्ग वर्ड हार्भेस्ट मेन्स होम ड्यालसमा सम्पन्न दुई कार्यक्रमबाट ४ सय भन्दा बढि व्ल्यांकेट सहितका न्यानो सामग्री वितरण गरेको हो ।
आचार्यका अनुसार टेक्सस राज्यमा पछिल्ला दिनहरुमा बढ्दै गएको जाडोको असरबाट घरबार विहिन र उनिहरुका बालबालिका देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखि कम्वल वितरण सहितको कार्यक्रम आयोजना गरिएको हो ।
युनिटी पार्क फोर्ट वर्थ र लिभिङ्ग वर्ड हार्भेस्ट मेन्स होम ड्यालसमा आयोजित कार्यक्रम मध्य जनवरी १ को कार्यक्रम होमलेस र संस्थाविच शुभकामना आदान प्रदान सहितका महत्वपूर्ण थप कार्यक्रमहरुको थालनी आरम्भ दिनका रुपमा मनाईएको हो ।
सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था एचडिएनपी ईन्टरनेशनले स्थापनाका दिनबाट अहिले सम्म निरन्तर होमलेशहरुलाई निशुल्क खाना वितरण र न्यानो सामग्री सहयोग तथा ५० औं पटक रक्तदान कार्यक्रम मार्फत पनि स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आई रहेको छ ।
गत डिसेम्बर १७ शनिबारका दिन ५० औ रक्तदान शिविर सम्पन्न गरेको एचडिएनपी ईन्टरनेशनले सन् २०१५ बाट सुरु गरेको गाला फण्ड रेजिङ्ग कार्यक्रमले पनि निरन्तरता पाईरहेको छ ।
कुनै आधिकारिक डोनर नभए पनि दशक लामो सहयोग यात्रा पार गरेको एचडिएनपी ईन्टरनेशनले मातृभूमि नेपालका लागि पनि दैवि प्रकोप देखि, घरबार विहिन बृद्धाश्रम, बालबालिकाको शिक्षा लगायतका क्षेत्रमा कामहरु गर्दै आईरहेको छ । अमेरिकामा स्थापना भएको संस्थाले पशुपतिमा खाना खुवाउने देखी विनासकारी भूकम्पका समय सहयोग, झापाको कनकाई स्थित बृद्ध बृद्धाका लागि किचनको व्यवस्था साथै सप्तरीका राजविराजबाट ४ किलोमिटरबाट विष्णुपुर गाउँपालिका मुसहर बस्तीका ३ छोरा २ छोरा गरि ५ जना बच्चाहरुलाई १० कक्षा सम्म पठाउन लाग्ने सबै खर्चको व्यवस्था गर्दै आएको छ ।
एचडिएनपी ईन्टरनेशनको अमेरिका साथै नेपाल, अफ्रिका, घानाबाट संचालित युकाण्डा साखाले पनि घरबार विहिनलाई सहयोग सहितका सामाजिक कार्यहरु गर्दै आएको छ ।
प्रतिक्रिया