US Khabar

NRNA पूर्व अध्यक्ष जिवा लामिछानेको टेक्सस भ्रमण: मातृभूमि र आपसी एकता संवद्ध छलफल

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

NRNA पूर्व अध्यक्ष जिवा लामिछानेको टेक्सस भ्रमण: मातृभूमि र आपसी एकता संवद्ध छलफल

गैर आवासिय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जिवा लामिछानेको टेक्सस राज्य भ्रमणका क्रममा आयोजित कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको छ ।

सचिव प्रविण गुरुङ  सहितको अमेरिका भ्रमणका क्रममा रहेका पूर्व अध्यक्ष लामिछानेको टेक्सस भ्रमण विषयक अर्भिङ्गमा आयोजित कार्यक्रम अनौपचारिकता भित्रको औपचारिक कार्यक्रमका रुपमा रहेको थियो । अर्भिङ्गको हिमालय ग्रीलमा जनवरी ८ तारिकका दिन सम्पन्न कार्यक्रममा टेक्सस क्षेत्रका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि तथा आम नेपालीहरुसंग अन्तरक्रियात्मक कार्यक्रम सहितको भेट लामिछाने र गुरुङले गरका हुन् ।

साँझ ५ः३० बजेबाट ७ः३० बजेसम्म चलेको २ घण्टा लामो कार्यक्रममा एनआरएनएले कायम गर्दै आ एको आपसी एकता र यसको प्रभावकारीता माथी छलफल शैलीका आपसी विचार विमर्ष भएको थियो ।

भेटघाटका क्रममा पूर्व अध्यक्ष लामिछानेले मातृभूमि नेपालको बिकासका लागि सबै नेपाली एकतावद्ध हुनुपर्ने बताउँदै विभिन्न परिस्थतीले विदेशी भूमिमा रहेपनि नेपालको माया सबैको ह्रदयमा अटल रहने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा एनआरनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुमन थापा, विकास उप्रेती, टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा, एनआरएनए आइसीसी कोषाध्यक्ष सुनिल साह , एनआरएनए आइसीसी महासचिब गौरीराज जोशी , सल्लाहकार हरिबोल भण्डारी , एनआरएनए अमेरिकाज रिजन संयोजक राम सी पोख्रेल , एएनए अध्यक्ष विजय राज भट्टराई,  नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती लगायतको वाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!