US Khabar

अमेरिकाको न्युयोर्कमा चिडियाखाना भित्रको बाघलाई पनि कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकाको न्युयोर्कमा चिडियाखाना भित्रको बाघलाई पनि कोरोना संक्रमण

अमेरिकाको न्युयोर्कमा जंगली जनावर बाघमा समेत कोरोना संक्रमण देखिएको छ । यो संगै विश्वव्यापी माहामारीका रुपमा रहेको कोरोना मानिस हुँदै जनावरमा समेत देखिएको पुष्टी भएको हो ।

ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनका अनुसार आइतबार एउटा बाघलाई कोभिड–१९ को संक्रमण भएको पुष्टी भएको हो । भेटेनेरियनका अनुसार सो चिडियाखानामा रहेको चार वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिएको सो बाघ सहित चिडियाखानाका अरु तीन बाघ र तीन सिंहमा सुख्खा खोकी लागिरहेपछि सबैभन्दा बढी बिरामी नादियाको कोरोनाको परीक्षण गर्दा संक्रमण देखिएको हो । यसअघि हंगकंगका केही जनावरको परीक्षण गर्दा पनि ‘पोजेटिभ’ देखिएको थियो ।
अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाका अनुसार मार्च २७ बाट विरामीको लक्षण देखाएपछि नादिया बाघको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!