US Khabar

पेन्डामिकको सकसमा सम्पन्न NRNA अमेरिकाको साधारण सभा तथा ज्ञान सम्मेलन ऐतिहासिक- तिलक केसी

- Admin | २ वर्ष पहिले प्रकाशित

पेन्डामिकको सकसमा सम्पन्न NRNA अमेरिकाको साधारण सभा तथा ज्ञान सम्मेलन ऐतिहासिक- तिलक केसी

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ डाईरेक्टर तिलक केसीले नबौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद तथा आभार ब्यक्त गरेका छन् । बोर्ड अफ डाईरेक्टर तिलक केसीले कोभिड १९ ले आक्रान्त अमेरिकामा एनआरएनएले सम्पन्न गरेको यस साधारण सभा तथा ज्ञान सम्मेलन एतिहासिक रुपमा सफल भएको बताउँदै सबैमा ध्यवाद तथा आभार प्रकट गरेका हुन् । यहि जुलाई ३ तारिख सुरु भै ५ तारिख सम्पन्न ३ दिने साधारण सभा तथा ज्ञान सम्मेलनमा उपस्थित तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णमा आभार ब्यक्त गरेका हुन् ।

अनलाईन मार्फत भएको ९ औं साधारण सभा र राष्ट्रिय ज्ञान सम्मेलन जुलाई ३ को साँझ देखि सुरु भै जुलाई ५ को मध्यरात सम्म चलेको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न भएपछि बोर्ड अफ डाईरेक्टर केसीले कोभिड १९ का कारण विगतको समान्य परिस्थितिमा जस्तो अपेक्षा आफैमा प्रतिकुल बिचार भएको तर आजको संसारले हासिल गरेको प्रविधीको चरम उपयोग यस सम्मेलनमा जसरि गर्न सकियो त्यसले एनआरएनएको आधुनीकिकरण र नयाँपुस्ताको आकर्षणलाइ गतिलो मोड दिएको बताएका छन् ।

सम्पन्न नबौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले पठाएको सुवकामना सन्देस सहित उद्याटन गरिएको थियो भने यस साधारण सभामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कुमार कार्की, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाको मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा पूर्व पदाधिकारीहरु, आइसिसी अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक तथा सह–संयोजक, महिला संयोजक,,युवा संयोजक, आइसिसीका सदस्य एवं अनरी काउन्सील मेम्बरहरु, आईसिसी सल्लाहकार तथा संघका प्रमुख संरक्षक एवं संरक्षकहरु, सल्लाहकारहरु, गैर आवासीय नेपाली संघ, क्यानडाका, युके, अष्ट्रेलिया, केन्या, कतारका अध्यक्षहरु अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा लब्ध प्रतिष्ठित व्यक्तित्व साथै संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

बोर्ड अफ डाईरेक्टर तिलक केसीद्वारा जारी वक्तब्य

पेन्डामिकको सकस र एनआरएनए अमेरिका कोभिड १९ ले संसार आक्रन्त भएको बेला, मानवजगतले यो दानवी भाइरसबाट एक्जिट भेट्न नसकि निराश र निरिह महसुस गरिरहेको कालरात्रिका बिचमा NRNA NCC USA ले जुन हिसाबले साधारणसभा र ज्ञान सम्मेलन सम्पन्न गरेको छ यो आफैमा एक एैतिहासिक उपलब्धि र युगीन दस्तावेज हो । विगतको समान्य परिस्थितिमा जस्तो अपेक्षा आफैमा प्रतिकुल बिचार हो तर आजको संसारले हासिल गरेको प्रविधीको चरम उपयोग हामीले जसरि गर्न सक्यौँ त्यसले एनआरएनएको आधुनीकिकरण र नयाँपुस्ताको आकर्षणलाइ गतिलो मोड दिएको छ । यो स्पिरिटको निरन्तरता नै आजको आवश्यकता हो । संस्थाको मर्यादाका कारण चाहेर पनि चुस्त बन्न नसकेको अति पट्यार लाग्दो उद्घाटन सत्र र ज्ञान सम्मेलनको सेसनहरुको प्रत्यक्ष प्रशारणका कमी कमजोरिहरु बाहेक यो साधारणसभा अभुतपुर्व रुपमा सम्पन्न भएको छ । यस अभियानमा हामीलाइ सहयोग गर्नुहुने, प्रविधिक तथा प्राज्ञिकबर्ग, संचारकर्मी तथा समस्त एनआरएनए अभियन्ता तथा अमेरिकाबासी नेपाली दाजुभाइ दिदिबहिनिहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

तिलक केसी

बोर्ड अफ डाइरेक्टर एनआरएनए एनसिसि अमेरिका

अमेरिकाको विस्कान्सिन राज्यको मेलवामा रहँदै आएका तिलक केसी हालका पावरफुल बोर्ड अफ डाईरेक्टरका रुपमा चिनिन्छन् । बिज्ञान संकाय अन्तरगत तथ्याङक शास्त्रमा एमएस्सी गरेर थप अध्ययनका लागि सन् २००२ मा अमेरिका आएका केसी नेपाल रहँदैबाट सामाजिक र बिद्यार्थी राजनितीमा क्रियाशिल थिए उनि स्ववियु सचिव देखी कलेजका प्रोफेसर, पुस्तक लेखन, महिला सशक्तीकरण लगायतमा क्रियाशिल रहेको र अमेरिकामा पनि बिभिन्न समाजिक संस्थामा जिम्मेवार पदमा रहेकाले पनि उनलाई धेरैले एनआरएनए अमेरिकाको भावि अध्यक्षका रुपमा देख्न सकिने आँकलन पनि गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!