US Khabar

समबोधी फाउण्डेसनका निखिल उप्रेती र पत्रकार नरेश भट्टराई लाई भेट्यो नेफ्टा अवार्ड टिमले

- Admin | २ हप्ता पहिले प्रकाशित

समबोधी फाउण्डेसनका निखिल उप्रेती र पत्रकार नरेश भट्टराई लाई भेट्यो नेफ्टा अवार्ड टिमले

काठमाण्डौं । अमेरीकाको टेक्ससमा हुने ११ औं नेफ्टा अवार्ड आयोजक टिम अहिले नेपाल भ्रमणमा रहेको छ । गत जनवरी ७ मा नेपाल आएका युएस खबर मिडिया नेटवर्क कोअपरेसनका ओम आचार्य र फेम नेपालका विमल पछाई अहिले नेपालमा रहेका विभिन्न कलाकारहरु सँग भेटघाटमा व्यस्त रहेका छन् । त्यसै क्रममा टिमले समबोधी फाउण्डेसनका संस्थापक नायक निखिल उप्रेती, चर्चित पत्रकार नरेश भट्टराई लगायत सँग भेटघाट गरेको छ । निखिल उप्रेतीले अवार्डलाई सफल बनाउन आफ्नो पुर्ण साथ र सहयोग रहने प्रतिक्रिया दिएको ओम आचार्यले जानकारी दिए । टिमले यस अघिनै पत्रकार ऋषि धमला, कलाकार तथा प्राईम टाईम एचडि कि निर्देशक एलिजा गौतम लगायत विभिन्न ब्यक्तिहरु सँग अवार्ड कार्यक्रमलाई भव्य बनाउने बिषयमा छलफल गरीसकेको छ ।

अहिलेसम्मकै सबैभन्दा ठुलो अवार्ड कार्यक्रम हुने अनुमान गरीएको कार्यक्रममा धेरै भन्दा धेरै कलाकार तथा सञ्चारकमर्मिको उपस्थिति गराउने उदेश्य सहति आयोजक टिमले भेटघाटलाई तिब्र बनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!