युक्रेनमा बुधबार विहान भएको हेलिकप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्री, उनका उपप्रमुख र अर्का एक अधिकारी सहित १८ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किएभको बाहिरी भेगमा रहेको मन्टेसोरी पाठशाला नजिकै भएको हेलिकप्टर दुर्घटनामा मन्त्रीहरु तथा अधिकारी सहित सहित १६ जनाको मृत्यु भएको हो ।
दुई जना बालबालिकाको पनि ज्यान गएको यस दुर्घटनामा युक्रेनी गृहमन्त्री डेनिस मोनास्ट्रास्क , उनका उपप्रमुख युजीन येनिन र राज्य सचिव युरी लुब्कोविच सहित १८ जनाको मृत्यु भएको हो ।
मन्त्री डेनिस मोनास्टिरस्की हेलिकप्टरमा अन्य आठ जनासँग थिए। आवास क्षेत्रमा भएको यस हेलिकप्टर दुर्घटना मन्टेसोरी स्कुल परिषरमा भएको थियो ।
दुई वर्षअघि मन्त्री नियुक्त ४२ वर्षीय आन्तरिक मामिला मन्त्री मोनास्ट्रास्के सहितको मृत्यु भएको यस दुर्घटनामा घाईते भएका १० जना बालबालिका सहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया