US Khabar

विश्वप्रकाश शर्माको प्रस्थावमा सभामुख पदमा कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

विश्वप्रकाश शर्माको प्रस्थावमा सभामुख पदमा कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी

प्रतिनिधि सभाको सभामुख पदमा कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रस्थावक रहेको न्यौपानेको उम्मेदवारी आज बुधवार दर्ता भएको हो ।

सांसद न्यौपानेले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी थिईन् ।  प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक तथा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला समर्थक रहेको न्यौपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनदेखि केन्द्रीय सदस्य न्यौपाने समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् । २०६४ र २०७० सालको संविधान सभा सदस्य समेत रहेकी न्यौपाने नेपाली कांग्रेसको १२ औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रूपमा रहेकी थिईन् ।
विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा सुरु भरेकी न्यौपाने न्यौपाने महिला सङ्घको केन्द्रीय उपाध्यक्ष तथा १२ औँ महाधिवेशनबाट तत्कालीन व्यवस्थापिका–संसदमा तथा पार्टीको सचेतकका रुपमा रहेकी थिईन् ।

त्यस्तै आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा पुगेर सत्तारूढ दलको साझा उम्मेदवारका रूपमा नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका घिमिरेलाई माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका हुन् । सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरे विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य तथा एमालेको स्वास्थ्य विभागको अध्यक्षका रुपमा रहेका थिए । एमालेको स्थायी समिति सदस्य समेत रहेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसदको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!