US Khabar

मगर संघ अमेरिका: टेक्सस च्याप्टरको माघे संक्रान्ति विषेश कार्यक्रम भव्यतापूर्वक सम्पन्न

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

मगर संघ अमेरिका: टेक्सस च्याप्टरको माघे संक्रान्ति विषेश कार्यक्रम भव्यतापूर्वक सम्पन्न

मगर समुदायको राष्टिय पर्व माघे सँक्रान्तिको अवसरमा अमेरिकाको टेक्सस राज्यमा आयोजित सांगितिक तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । मगर संस्कृति संवद्ध विविध प्रस्तुती सहित जनवरी १४ शनिवारका दिन टेक्ससको अर्भिङ्गमा माघे संस्कृति पर्व मनाईएको हो ।

मगर संघ अमेरिका टेक्सस च्याप्टरको आयोजनामा अर्भिङ्ग स्थित करी लिफ रेष्टुरेण्टमा आयोजित माघे संस्कृति २०२३ नामक यस संस्कृति कार्यक्रम मध्यान्न ४ बजेबाट सुरु भएर मध्य रात १२ बजे समापन भएको थियो ।

जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौं आफ्नो मातृभूमिलाई, जोगाई राखौं युगौंयुग हाम्रो मौलिक कला संस्कृतिलाई भन्ने मुल नाराका साथ आयोजित ८ घण्टा लामो कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको साथमा सांगीतिक तथा कला संस्कृतिमय कार्यक्रमहरु रहेका थिए ।

 

प्रत्यक्ष लाईभ दोहोरी, कौरा, सालैजो, सोरठी, खैजडी, हुर्रा, नौमती बाजा साथै विविध सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा बाद्यवादक सहितको साँस्कृतिक तथा साँगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा कलाकारहरु भिम चापागाईं, संगीता थापा मगर, भिम थापा मगर, डिपि खनाल, लिलु गुरुङ, रोषन पराजुली, आयुष ढंगोल, कुशल पोखरेलको साथमा स्थानिय कलाकारको पनि प्रस्तुति रहेको थियो भने चर्चित हाँस्य कलाकार तथा जादुगर महादेव त्रिपाठीको प्रस्तुतिले कार्यक्रममा थप रौनकता बढाएको थियो ।

यूएस खबर मिडिया नेटवर्क एण्ड कर्पोरेशन मिडिया पाटनर रहेको कार्यक्रमा उपस्थितीका लागि छुट्टा–छुट्टै प्रवेश शुल्कको व्यवस्था गरिएको थियो । प्रवेश शुल्क ३० डलर राखिएको कार्यक्रममा भिआईपी प्रवेश शुल्क भने ५० डलर राखिएको थियो जसमा डिनर समेत यसै शुल्कबाट गर्ने सकिने व्यवस्था रहेको थियो ।

मध्यरात सम्म चलेको कार्यक्रममा मगर सम्प्रादयको भेषभुषमा सजिएका बालबालिका देखि बृद्ध बृद्धासम्मको सहभागिता रहेको थियो । सफलतापूर्वक माघे संस्कृति पर्व विषेश कार्यक्रम सम्पप गरेको मगर संघ अमेरिका टेक्सस च्याप्टरले भब्य र सभ्य रुपमा कार्यक्रम सफल बनाउनको लागी सहयोग पुर्याएका कलाकारहरु, अथिति, सहयोगी दाताहरु, दर्शक तथा दिन रात नभनी खटेका टेक्सस च्याप्टरका कलाकारहरु, भोलीन्टर तथा प्रनिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेको ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!