नायिका करिष्मा मानन्धरले नयाँ शक्ती पार्टी परित्याग गरेकी छन् । करिब ४ वर्षअघि नयाँ शक्तिमा प्रवेश गरेकी नायिका मानन्धरले राजनितीबाट अलग हुने घोषणा गर्दै पार्टी परित्याग गरेकी हुन् ।

नयाँ शक्ति पार्टी र यसका संयोजक डा. बाबुराम भट्टराईले अघि सारेका नीतिबाट प्रभावित भएपछि समाजमा केही योगदान गर्न सकिन्छ कि भन्ने सोचका साथ राजनीतिमा लागेको बताउँदै आएकी मानन्धरले यति बेला भने आफ्नो बयस्ताता देखाउँदै पार्टि छोडेकी छन् ।

गत चैत २३ गते नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएयता निष्क्रिय जस्तै रहेकी उनले नयाँ शक्तीको पछिल्लो एकताबाट असन्तुष्ट भएर पार्टि परितयाग गरेको हुन सक्ने अनुमान गरिएपनि उनले ब्यस्तता देखाउँदै राजनितीबाट बाहिरिने घोषणा मात्रै बाहिर आएको छ ।

मौखिक रुपमा राजीनामा दिएकी उनले अब लिखित रुपमा दिन बाँकी रहेको बताएकी छन् ।

 

 

Comments

comments