US Khabar

अब सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अब सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने

सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने व्यवस्थाको तयारी गरिएको छ । आज न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्की हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी तयारी भै रहेको बताएका हुन् ।

अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरुको प्रयोग गर्ने प्रयास भै रहेको जानकारी दिंदै कायममुकायम प्रधानन्यायाधीश कार्कीले यसका लागि अध्ययन भै कार्यान्वयनको तयारीमा रहेको बताएका हुन् ।

अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको जानकारी दिंदै कार्कीले पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको तथा अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न सुरु गरिएको बताए ।

कैद, जरिबाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको यस सफ्टवेयर प्रणली मार्फत सेवाग्राहीहरुले आफ्नो मुद्दामा भएको काम, कारबाही लगायतको समग्र प्रक्रियाको अवस्थाको जानकारी अनलाइनबाटै लिन सकिने अवस्था समेत सिर्जना भएको बताउंदै कार्कीले मुद्दा व्यवस्थापनका लागि तयार भएको एकीकृत मुद्दा व्यवस्थापन प्रणालीको प्रयोगले मुद्दा व्यवस्थापनको प्रत्येक चरणलाई सरल, व्यवस्थित र पारदर्शी बनाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!