US Khabar

कन्हैया सिंह ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’बाट सम्मानित: सम्झिए दिवंगत माता-पिता

- Admin | २ हप्ता पहिले प्रकाशित

कन्हैया सिंह ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’बाट सम्मानित: सम्झिए दिवंगत माता-पिता

नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकर्मी कन्हैया सिंह परियार नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान– २०७८” सम्मानित भएका छन् ।
आज काठमाडौंमा आयोजित समारोहका विच गायक तथा संगीतकार कन्हैया सिंहले राष्ट्रपति बिद्या देवी भण्डारीबाट नातिकाजी राष्ट्रीय विशिष्ठ संगीत सम्मान ग्रहण गरेका हुन् ।

संगीत क्षेत्रको विशिष्ट सम्मान मानिने नातिकाजी राष्ट्रिय सम्मान प्राप्त गरेका परियारले यस सम्मानप्रति खुसी व्यक्त गर्दै आयोजक कमिटीलाई धन्यवाद प्रकट गरेका छन् ।

आफुले प्राप्त गरेको सम्मानको श्रेय आफ्ना माता पितालाई दिंदै संगीतकर्मी परियारले दिवंगत भै सकेका पिता गोपाल सिंह परियार र आमा टिकामाई देबीलाई समपर्ण गरेका छन् ।

विगत ३० बर्ष देखिको अविराम सांगीतिक यात्रा तय गरेका परियारले यस सम्मानका लागि आफ्नो नाम सिफारिस तथा सम्मान प्रदान गरेको नातिकाजी स्मृती समाज परिवारप्रति आभार प्रकट गरेका छन् ।

 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!