युवा पुस्ताका लोकप्रिय गायक टंक तिमिल्सिनाको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक “१६ वर्षे उमेरमा” टंक र चर्चित गायिका प्रविशा अधिकारीको सुमधुर आवाज रहेको छ।पछिल्लो समयका व्यस्त अनि चर्चित संगीतकार दिपक शर्माको गीतमा शब्द तथा संगीत रहेको छ। गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।
गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा चर्चित टिकटक स्टार गीत ढुंगाना र अभिषेक खड्का फिचर्ड छन् । भिडियोमा गीता र अभिषेकको केमिस्ट्री गज्जबको देखिएको छ।गिताको यो भिडियो आएसंगै चौतर्फी चर्चा बढेको छ ।
भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । राम कुमार केसीले खिचेको भिडियोलाई सन्तोष राजबागले कोरियोग्राफी गरेका हुन् भने टेकेन्द्र शाहले नै रंग संयोजन अनि सम्पादन गरेका हुन् । गीतको भिडियो टंक तिमिल्सिनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुस् भिडियो:
प्रतिक्रिया