US Khabar

‘सबल र सक्षम नेतृत्व निर्माण, रिपोर्टर्स क्लब अमेरिकाको अभियान’-युवा प्रभाव विषयक NRNA संवाद’

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

‘सबल र सक्षम नेतृत्व निर्माण, रिपोर्टर्स क्लब अमेरिकाको अभियान’-युवा प्रभाव विषयक NRNA संवाद’

रिपोर्टर्स क्लब अमेरिकाले ‘एनआरएनए संवाद’ कार्यक्रमको सुरुवात गरेको छ । क्लबको आयोजनामा गैर आवासिय नेपाली संघ र युवा पुस्तालाई प्रत्यक्ष जोड्ने यद्येश्य अनुरुप आगामी जनवरी २३ तारिक सांझ एनआरएनए संवाद कार्यक्रम प्रसारण हुने भएको हो ।

कार्यक्रमबारे जानकारी दिंदै आयोजक रिपोर्टर्स क्लबल अमेरिकाका अध्यक्ष किशन रेग्मीले यो केवल संवाद मात्र नभई पत्रकारिता क्षेत्रको अर्को नविन प्रयोग पनि भएकाले संवाद, संचार र समुदाय जोड्ने उद्येश्य हेतु आयोजना हुन लागेको यो कार्यक्रमले प्रभावकारी रुपान्तरणामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनकारी दिएका छन् ।

युवा प्रभाव विषयक यस सम्मेलनमुलक अभियानको संयोजक त्रिभुवन पाण्डे रहेका छन् । जो एनआरएनए एनसीसी अमेरिकाका युवा संयोजक हुन् ।

त्यस्तै यस कार्यक्रमको संचालन प्रशन्न ढुंगानाले गर्नेछन् । ढुंगाना रिपोर्टर्स क्लब अमेरिकाको पहिलो अर्थात वर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष तथा रिपोटर्स क्लव अमेरिका डटकमका सम्पादक हुन् ।

जनवरी २३ सांझ ७ बजेबाट सुरु हुने संवाद कार्यक्रम रिपोटर्स क्लब अमेरिका, यूएस खबर, एनआरएन टुडेको फेसवुब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने छ ।

रिपोटर्स क्लब अमेरिकाले मूलत सबल र सक्षम नेतृत्व निर्माणका लागि अभियानका रुपमा सुरु गरेको यस कार्यक्रमको अवधारणा अमेरिका तथा प्रवासमा रहेका नेपाली समुदायका लागि प्रभावकारी बन्न सक्ने विश्वास आयोजकको रहेको छ ।

सबैको कार्य व्यस्थता र सहज पहुंचलाई ध्यानमा राखि सामाजिक संजाल फेसबुक लाईभ मार्फत प्रसारण गर्ने तयारीमा रहेको आयोजक कमिटीले नेपाली समुदाय तथा संघ, संस्थासंग सहकार्यमूलक एकताको अपेक्षा सहित जनवरी २३ तारिक सहभागिता जनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!