US Khabar

भवन खरिद प्रक्रिया अघि बढाउदै नेपाली समाज टेक्सास

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

भवन खरिद प्रक्रिया अघि बढाउदै नेपाली समाज टेक्सास

नेपाली समाज टेक्सस एनएसटीको बोर्ड अफ ट्रष्टि बिओटी सम्पन्न बैठकले संस्थागत महत्वपूर्ण विषय माथि प्रकाश पार्दै थप २ निर्णय गरेको छ । विओटी स्थापनाको अवधारण सहित त्यस पछिका मुख्य विधानगत निर्णयको स्मरण गर्दै एनएसटीको पछिल्लो बैठकले थप २ महत्वपूर्ण विषयमाथी निर्णय गरेको हो ।

सम्पन्न बैठकले एनएसटी बोर्ड अफ ट्रष्टि (विओटी)को निर्वाचनका लागि ३ सदस्सिय निर्वाचन समिती गठन गरेको छ । नव गठित समितिको संयोजकमा प्रयास वास्तोला र सदस्यहरुमा धिरेन गुरुङ र बाबुराम दाहाल रहेका छन् ।

सम्पन्न बैठकमा भएका मुख्य २ निर्णयहरुमा अन्तरगत प्रस्थाव नं. १ मा भवन खरिद प्रकृयालाई बोर्ड अफ ट्रष्टिको नेतृत्वमा अघि बढाउन सर्व सम्मतरुपमा अनुमति प्रदान गरिएको छ ।

त्यस्तै प्रस्थाव नं. २ मा माथि उल्लेखित ३ सदस्यि निर्वाचन समिती गठन रहेको छ । एनएसटीको बोर्ड अफ ट्रष्टिको कार्य समिती विस्तारका लागि बिओटीद्वारा संयोजक र सदस्य सहितको ३ सदस्यि निर्वाचन समिति गठन गरेको हो । सम्पन्न वैठकमा यस अघिका कार्यकालहरुको स्मरण सहित माथि यल्लेखित निर्णयका लागि बैचारिक छलफल भएको थियो ।

सन् २०१८ को एजियमले एनएसटीको बिओटीको अवधारणाई ल्याएको एनएसटीको तत्कालिन कार्यसमितीले अध्यक्ष सुमन थापालाई एनएसटी विओडीको संयोजकको जिम्मेबारी दिएको थियो । सुमन थापाले सुरुवाती गृहकार्य सकि तत्कालिन महासचिव भक्त भण्डारीलाई २०२२ को जनवरीमा थप गृहकार्यका लागि संयोजकको जिम्मेवारी दिईएको हो ।

सम्पन्न वैठकमा संयोजक भण्डारीले एनएसटी बिओटीको कार्य समिती गठनको आवश्यकता र महत्व सहित कार्यसमिती निर्माणबारे जानकारी दिंदै उपस्थिती अतिथी सहभागीसंग छलफल गरेका थिए ।

त्यस्तै उनले नेपाली समाज टेक्ससको भावि योजनाको बारेमा पनि जानकारी दिनुका साथै आवश्यक छलफल र सहयोगका लागि आह्वान पनि गरेका छन् ।

बैठकमा नेपाली समाज टेक्सासका सदस्य सरोज सिग्देलले भवन खरिदका लागि प्रारम्भिक फिजिबिलिटी अध्यन रिपोर्ट समेत पेस गरेका थिय।
भवन खरिद प्रक्रियालाइ उपस्थित सम्पूर्ण बक्ताहरुले समर्थन गर्नुका साथै आवश्यक परे आर्थिक सहयोग समेत गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

बैठकमा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, एनसीएससीका वर्तमान बिओटीका अध्यक्ष रमेश पोख्रेल , एनसीएससीका अध्यक्ष सिता सापकोटा , उपाध्यक्ष छबि चापागाईं , एनएसटीका संस्थापक महासचिव सुन्दर कर्माचार्य , पूर्व अध्यक्ष सुमन थापा, नेपाली समाज टेक्सासका महासचिब संदेश उप्रेती , नेपाल अमेरिका पत्रकार संघका महासचिव सुरज भण्डारी, रिपोर्टर्स क्लव अमेरिका अध्यक्ष किशन रेग्मी लगायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!