US Khabar

बानेश्वरको संसद् भवन अगाडी शरिरमा पेट्रोल खन्याएर आगो लगाएका युवकको निधन

- USKHABAR | ७ दिन पहिले प्रकाशित

बानेश्वरको संसद् भवन अगाडी शरिरमा पेट्रोल खन्याएर आगो लगाएका युवकको निधन

सङ्घीय संसद् भवन अगाडि नयाँ बानेश्वरको मूल सडकमा आफ्नै शरीरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य सन्तोषको उपचारका क्रममा मृत्यु भएको छ । देशको सिस्टम र राजनितिक दलको स्वार्थका कारण जीवन देखि नै वितृष्णा जागेको बताउँदै मंगलबार दिउँसो बानेश्वरको संसद् भवन अगाडि आफ्नै शरिरमा आगो लगाएका ३७ बर्षिय आचार्यको बुधबार विहान ५ बजे निधन भएको हो ।

इलामका स्थायि वासिन्दा आचार्यले ६ हजार शब्द लामो स्ट्याटस आफ्नो फेसबुकमा लेखेर संसद भवन अगाडी आत्मदाह गरेका थिए । शरिरमा आगो लागेर गम्भिर घाईते बनेका आचार्यलाई कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका लागि राखिएको भएपनि अन्तत उनको ज्यान गएको छ ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए ।  स्टाटसमा आफूले आत्मदाह गर्नुपर्ने कारण सहित सङ्घर्ष र भोगाइबारे उल्लेख गरेका आचार्यले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उल्लेख गरेका छन् ।

श्रीमती र दुई छोरीका पिता आचार्यले ऋणकै कारण श्रीमतीले समेत आत्महत्या गर्ने प्रयास गर्दै अएकाले सबै मिलेर ऋण नतिरिदिए यसै ऋणका कारण अर्को घटना दोहोरिन सक्ने संकेत समेत गरेका छन् । आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटसमार्फत् नै आग्रह गरेका आचार्य आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उल्लेख गरेका आचार्यले आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको अतितलाई पनि स्मरण गरेका छन् ।

इलाममा रहेको पुर्खैयौली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएका आचार्यले स्ट्याटसमा ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको बताएका छन् । सरकार, बिचौलिया र ठूलो व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उल्लेख गरेका उनि २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएपछि काठमाडौं बसेर संघर्ष गर्न थालेका थिए । स्ट्यासका अनुसार आचार्यले पछिल्लो समय पटक पटक आत्महत्याको प्रयास समेत गर्दै आएका थिए ।

स्थापनाको समयदेखि नै स्व.आचार्य  रविन्द्र मिश्रको तत्कालिन विवेकशिल साझा पार्टी निकट रहेका थिए, सो समय विवेकशिलका कार्यक्रमहरुमा उनको सक्रिय सहभागिता देखिन्थ्यो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!