US Khabar

समुन्द्र भट्टको निर्देशनमा गुलाबी , पहिलो पोस्टर सार्बजनिक

- USKHABAR | २ महिना पहिले प्रकाशित

समुन्द्र भट्टको निर्देशनमा गुलाबी , पहिलो पोस्टर सार्बजनिक

काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्देशक समुन्द्र भट्टको निर्देशन रहेको चलचित्रमा अभिनेता नाजिर हुसेन तेस्रोलिंगी महिलाको भूमिकामा देखिएका छन् ।

सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा देखिन्छ । नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रका लागि नाजिरले १६ केजी तौल घटाएको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठलगायत कलाकारको चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!