US Khabar

नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी ऋषि धमला पत्नी एलिजा गौतमको प्रण:’देशका लागि अहोरात्र खटिनेछु’

- USKHABAR | २ महिना पहिले प्रकाशित

नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी ऋषि धमला पत्नी एलिजा गौतमको प्रण:’देशका लागि अहोरात्र खटिनेछु’

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा भैरहवामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।

नागरिक उन्मुक्ति पार्टी की अध्यक्ष संसद रन्जिता श्रेष्ठ चौधरीले एलिजालाई पार्टी प्रवेश गराएकी हुन् । शनिबार (आज)पार्टी प्रवेश गरेकी उनलाई तत्काल कुनै जिम्मेवारी दिईएको छैन तर केही दिनमा पार्टी बैठक बसी जिम्मेवारी दिने तयारी छ ।

आफु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको जानकारी दिंदै एलिजाले यस विषयमा केही बेर अघि स्ट्ययाटस पनि राखेकी छन् । सार्वजनिक स्ट्याटसमा उनले आफु देश र जनताको सेवाको लागि राजनीतिमा आयको बताएकी छन् । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी भएको भन्दै यलिजाले पार्टीको मूल उद्देश्य पूरा गर्नको लागि अहोरात्र खटिने प्रण समेत गरेकी छन् ।

यस्तो छ यलिजा गौतमको स्ट्याटस

आदरणीय आमा(बुवा, दाजुभाई तथा दिदीबहिनीहरु सबैमा नमस्कारस
आजबाट मैले राजनीतिक यात्राको थालनी गरेकी छु । माननीय रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेशसँगै मेरो राजनीतिक यात्राको आरम्भ भएको छ। म देश र जनताको सेवाको लागि राजनीतिमा आएकी हुँ । पार्टीको मूल उद्देश्य पूरा गर्नको लागि अहोरात्र खटिने प्रण गर्दछु । समाज रुपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।

हामीले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालिन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेका छौं । हामी सामूहिक भावनाले अघि बढ्छौं । यहाँहरुको आर्शिवाद पाउने आशासँगै सकारात्मक सल्लाह र सुझावलाई सधैं शिरोधार्य गर्ने वाचा पनि गर्दछु ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!