US Khabar

क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ लोकार्पण

- USKHABAR | २ महिना पहिले प्रकाशित

क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ लोकार्पण

क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह ’भेडीकम्बलको प्वाल’ को लोकार्पण गरिएको छ । शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा क्षितिज मगरको नयाँ कृति काठमाडौंमा लोकापर्ण गरिएको हो ।

सार्वजनिक कृतिबारे बोल्दै प्रमुख अतिथि सुवेदीले कथाका कतिपय मार्मिक हरफहरू उद्धृत गर्दै क्षितिज मगर वास्तवमा एक सशक्त प्रगतिशील सर्जक भएको जिकिर गर्दै समालोचकले एक पटक अक्षर सल्यासुलु पढेझैं गरेर समालोचना गर्दा कृतिको मर्मको सतही मुल्यांकन हुने गरेको यर्थाथप्रति आपत्ति प्रकट समेत गरे ।

सुवेदीले पाठक मात्रै भएर पढ्दा हरेक पाठकको आ- आफ्नै राय आउने भयपनि साहित्यिकारका नजरबाट बेजोड कृति पाउने
विश्वास व्यक्त गरेका छन् ।

 

त्यस्तै चर्चित लेखक एवं समालोचक प्रमोद प्रधानले लेखब बन्न सकियता तर सर्जक बन्न सहज नहुने दाबी गर्दै केही प्रेरक व्यक्तीका उदाहरण समेत पेस गरेका थिए । प्रधानले बग्रेल्ती धावकमध्ये एकजना मात्र वैकुण्ठ मानन्धर बन्न सक्ने, थुप्रै लेखक मध्ये एकाध मात्र लक्ष्मीप्रसाद देवकोटा निस्कने लगायतका दृष्टान्त दिंदै उनी कृतिकार सिर्जनाका वैकुण्ठ मानन्धर बन्ने बाटोमा लागेको उनको बताए ।

त्यसैगरी चर्चित स्तम्भकार तथा लेखक नवीन विभासले मगरको व्यक्तित्व, जनयुद्धको सौर्य र सादा जीवनशैली साथै कृतित्वको समेत बखान गरेका छन् भने अर्का वक्ता गीतकार एवं कवि भावेश भुमरीले मगरका जीवनका दर्दनाक परिघटना र यिनका बीच पनि धारिलो लेखन रहेको भन्दै कृतिकार र कृतिको प्रशंसा गरेका  छन् ।

विवेक सिर्जनशील प्रकाशनका विजयराज आचार्य अध्यक्षतामा सञ्चालित कृति लोकार्पण कार्यक्रममा स्रष्टा क्षितिज मगरले जनयुद्धले थेग्न नसक्ने गरी महिमा मण्डन गर्ने वा बिद्रुपीकरण गर्ने दुवै खाले शक्ति समाज रूपान्तरणको अभियानमा गलत सावित भएको मत व्यक्त गरे ।

विवेक सिर्जनशील प्रकाशन प्राड्डलिड्डले बजारमा ल्याएको ’भेडीकम्बलको प्वाल’ पुस्तकको मूल्य ४ सय ५० रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!