US Khabar

आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई अमेरिकाको HDNP ईन्टरनेशनलद्वारा १ लाख १ सय सहयोग

- USKHABAR | २ महिना पहिले प्रकाशित

आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई अमेरिकाको HDNP ईन्टरनेशनलद्वारा १ लाख १ सय सहयोग

अमेरिकामा रहेको सामाजिक संस्था हेल्प फर डेस्पेरेट एण्ड हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल (एचडिएनपी)ईन्टरनेशनलले मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेको छ । अमेरिकाको टेक्ससमा रहेको एचडिएनपी ईन्टरनेशनलले स्वं आचार्यको परिवारलाई १ लाख १ सय रुपैया सहयोग गरेको हो ।

अमेरिकाका घरबार विहिनहरु र मातृभूमि नेपाल लगायतका देशहरुमा सहयोग प्रदान गर्दै आयको एचडिएनपी ईन्टरनेशनलले ठुलो ऋण तिर्न नसक्दा आफ्नै शरिरमा पेट्रोल खन्याएर संसद भवनको अगाडी आत्मदाह गरेका स्वं आचार्यको परिवारको आर्थिक र भावनात्मक अवस्थलाई ध्यानमा राखि सहयोग रकम प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष देवि डेविड आचार्यका अनुसार कारुणिक र भयावह यस मृत्युको खबरले आफु र संस्थाका सबैलाई अत्यन्त दुखि तुल्याएको बतायँदै संस्थाले जनवरी २६ का दिन मृतकका परिवारको नाममा काठमाडौँमा रहेको खातामा सिधै रकम जम्मा गरेको हो ।

सँस्थामा आबद्ध सदस्यहरुबाट सँकलन गरिएको उक्त रकम स्वं आचार्यकी श्रीमती नानुका अधिकारीको नाममा रहेको बानेश्वर स्थित ग्लोबल आईएमइ बैंकमा जम्मा गरिएको हो । आर्थिक कारणबाट नै ययटा होनाहार युवाले मृत्युवरण गर्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने वताउँदै अध्यक्ष देवि आचार्यले आगामी दिनमा यस्ता घट्ना दोहरिन नदिन राज्यले जिम्मेवार हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

सकारात्मक विचारधाराका शिक्षित युवाले गरेको यो आत्मदाहले सिंगो प्रवासी समुदायलाई समेत विछिप्त बनाएको बताउँदै संस्थाले परिवारको सहयोगार्थ रकम प्रदान गरेको हो ।

६ हजार शब्दको लामो स्ट्याटस लेखेर आत्महत्या गरेका आचार्य ३७ बर्षिय युवा व्यवसायि थिय । विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै भावुक स्ट्याटस लेखेर आचार्यले संसद भवन अगाडी आत्मदाह गरेका हुन् । शरिरको ८० प्रतिशत भाग जलिसकेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरियको भएपनि अस्पतालमा नै आचार्यको मृत्यु भएको थियो ।

श्रीमती र साना साना २ छोरीहरुलाई छोडेर ऋणकै कारण बाध्यतावस मृत्युको बाटो रोझेका आचार्यको ६० लाख ऋण रहेको छ । ईलामका स्थायि बासिन्दा आचार्यले आफ्नो संघर्षलाई अन्तिम अवस्थासम्म कायम राखेका थिए । बाँच्ने आसमा नजिकका आफन्त र साथिभाई धेरैजना संग सहयोग माग्दा पनि कसैले सहयोग नगरेपछि उनले मृत्युको बाटो अपनाएका थिए ।

सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था एचडिएनपी ईन्टरनेशनलले स्थापनाका दिनबाट अहिले सम्म निरन्तर होमलेशहरुलाई निशुल्क खाना वितरण र न्यानो सामग्री सहयोग तथा ५० औं पटक रक्तदान कार्यक्रम मार्फत पनि स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आई रहेको छ ।कुनै आधिकारिक डोनर नभए पनि दशक लामो सहयोग यात्रा पार गरेको एचडिएनपी ईन्टरनेशनले मातृभूमि नेपालका लागि पनि दैवि प्रकोप देखि, घरबार विहिन बृद्धाश्रम, बालबालिकाको शिक्षा लगायतका क्षेत्रमा कामहरु गर्दै आईरहेको छ । अमेरिकामा स्थापना भएको संस्थाले पशुपतिमा खाना खुवाउने देखी विनासकारी भूकम्पका समय सहयोग, झापाको कनकाई स्थित बृद्ध बृद्धाका लागि किचनको व्यवस्था साथै सप्तरीका राजविराजबाट ४ किलोमिटरबाट विष्णुपुर गाउँपालिका मुसहर बस्तीका ३ छोरा २ छोरा गरि ५ जना बच्चाहरुलाई १० कक्षा सम्म पठाउन लाग्ने सबै खर्चको व्यवस्था गर्दै आएको छ ।

एचडिएनपी ईन्टरनेशनको अमेरिका साथै नेपाल, अफ्रिका, घानाबाट संचालित युकाण्डा साखाले पनि घरबार विहिनलाई सहयोग सहितका सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!