युवा संघ नेपालका महासचिव दिपक जिएमले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सर्वोच्च अदालतले अनागरीक घोषणा गरे सँगै एमाले अध्यक्ष केपि ओली रविलाई जेलमा हाल्ने तयारीमा रहेको आरोप लगाएका छन् । सामाजि सञ्जाल फेशबुकमा स्टाटस राख्दे महासचिव जिएमले ओली माथि यस्तो आरोप लगाएका हुन् ।
उनले गत निर्वाचनमा दाङ २ बाट माओवादीकि रेखा शर्मा सँग पराजित भएका एमालेका महासचिव शंकर पोखरेललाई संसद छिराउन ओलीले शर्मालाई उपराष्ट्रिपति अफर गरेको दावि गरे । तर रेखाले उक्त प्रस्ताव अस्विकार गरेको उनले बताए । ओलीले रेखालाई उपराष्ट्रिपतिमा पठाएर उक्त क्षेत्रबाट उप निर्वाचन मार्फत शंकर पोखरेललाई संसद छिराउने तयारी असफल भएपछि रविलाई दोहोरो राहदानीको मुद्धामा जेल पठाएर उक्त क्षेत्रबाट शंकर पोखरेललाई संसद छिराउने ओलीको षड्यन्त्र रहेको उनले दाबि गरे । एमाले महासचिव शंकर पोखरेलले पछिल्लो समय रविलाई समर्थन दिएर भावनात्मक समर्थ जुटाउने कोसीस गरेको समेत उनले आरोप लगाए ।
उनको स्टाटस यस्तो रहेको छ
ओलि महा चतुर है…
अहिले सर्वोचको निर्णय विरुद्दमा र रविको पक्षमा वकालत गरिरहेका छन। उनकै सेटिङ मा दोहोरो राहदानी प्रकरणमा रविलाइ जेल हाल्छन। अनि रविको सेन्टिमेन्ट लिदै उप निर्वाचनमा चितवन २ बाट शंकर पोख्रेललाई लडायर जिताउने परिपन्च रच्दैछन। मान गय गुरु
प्रतिक्रिया