एजेन्सी- क्रिकेटको महाकुम्भ आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज बाट सुरु हुँदैछ ।

इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुनेछ ।

आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

Comments

comments