US Khabar

च्यारिटीलाई मस्कले दिए टेस्लाको २ अर्ब डलर बराबरको सेयर

- USKHABAR | १ महिना पहिले प्रकाशित

च्यारिटीलाई मस्कले दिए टेस्लाको २ अर्ब डलर बराबरको सेयर

अर्बपति एलन मस्कले च्यारिटीलाई २ अर्ब डलर बराबरको टेस्लाको सेयर दिएका छन् । मस्कले च्यारिटीलाई १.९५ बिलियन अमेरिकी डलर बराबरको सेयर दान दिएका हुन् ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार मस्कले ११.६ कित्ता सेयर च्यारिटीलाई दान दिएका छन् । मस्कले यसअघि पनि च्यारिटीहरुलाई करोडौं डलर बराबरको सेयर दान दिँदै आएका थिए । यसअघि उनले ५.७ बिलियन डलरको सेयर २०२१ मा दान दिएका थिए ।

यद्यपि, उक्त रकम बराबरको सेयर पाउने च्यारिटीको नाम भने उल्लेख छैन । मस्कले सेयर दान दिने विषयमा अमेरिकी सेयर नियामक निकायले अगस्ट र सेप्टेम्बरमै जानकारी लिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!