युवा पुस्तामाझ लोकप्रिय गायक तथा संगीतकार द्वय किरण माईकलको नयाँ गीत सार्वजनिक भएको छ । सुदिप आत्रेयको शब्दमा रहेको तिम्रो माया पाउन सकिन बोलको यो गीत किरण माईकल र बिनोद स्वयंको संगीत र आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
प्रेम पछिको पिडासंगै नसा र हत्या सम्मको बर्तमान युवा मानसिकतालाई चित्रण गरिएको यस गीतको भिडियोमा सुरविना कार्की र विकाश लामिछानेको अभिनय रहेको छ । फराज अर्पणले निर्देशनमा निर्माण भएको भिडियोमा छायांकन तथा सम्पादन पनि निर्देशक स्वयंको रहेको छ ।
प्रतिक्रिया