पन्ध्र देखि बिस हजार वर्ष अघी लेखिएको मानिएको ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक “द्रापी” भन्ने शब्द परेको छ, जसलाई भाष्यकारहरूले क्लोक (लबेदासरहको) हुन्थ्यो भनेका छन् । त्यही “द्रापी” बाट “दौरा” भएको तर “पी” पछी बिस्तारै लोप हुदै गएको बुझिन्छ । वि. सं. १६८० तिर पाटन (हालको ललितपुर) का राजा सिद्धीनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेका छन् र अरू अनगिन्ती मल्लकालीन मूर्तिहरूमा पनि झ्वाट्ट हेर्दा दौरा सुरुवाल जस्तो देखिने पोसाक पहिरिएको देखिन्छ । हालको बिकसित दौरा-सुरुवालको इतिहास त्यही ताका बाट भएको किटान नगरीएपनी बिश्वमा यदि कुनै मानिसले दौरा-सुरुवाल लगाएको छ भने पक्कै यो नेपाली हुनु पर्छ भनि अनुमान र पहिचान गराउने पोसाकको ईतिहॉस लामै र पुरानै छ भन्न सक्छु म ।

दौरा लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर तुना बाँध्न-मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टी छेउमा सेप्टी लगाएर सिलाईएको हुन्छ । यसलाई अरू नामहरू जस्तै -: लबेदा र मयलपोसले पनि चिनिन्छ । नेपालको पहाडमा बस्ने सबै जातिका लोग्नेमान्छेले दौरासुरुवाल लगाउँछन् । दौरा घाँटीदेखि घुँडासम्म लामो हुन्छ । यसमा आठ वटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बााधिन्छन् । त्यसै गरी कम्मरको भित्री घेरा पारी ईजार नामको डोरी हाली सिलाईएको सुरुवाल कम्मरमा इँजारले बाँधेर लगाइन्छ । यसको लम्बाई कम्मरदेखि गोलिगाँठोको तलसम्मै हुन्छ । पुरुषहरुले पहिरीने अन्य कम्मर मुनिका कपडाहरुको तुलनामा यो सुरुवालको कम्मर एकदमै ठुलो वा फराकीलो हुन्छ । दौरासँग यही सुरुवाल, टोपी र इस्टकोट र कोट पनी लगाइन्छ । यति कुरा लगाएका मानिसलाई नेपाली भनेर चिन्न एकदमै सजिलो हुन्छ ।

मयलपोस, लबेदा र दौरा समानार्थी लाग्छन् तर, पूर्ण समानार्थी भने होइनन् । मयलपोस दरबारी, लबेदा काँठप्रचलित र दौरा पहाडी सम्बोधन हो भनेर पुग्दैन । सही लबेदा पाल्पाका राजा मनीमुकुन्द सेनका खजान्ची चिन्तामणि भट्टराईको अद्यापी पाल्पामा सुरक्षित पोसाक हो । जुन घुँडाभन्दा तलसम्म आउँछ । धेरै फुकेको पनि हुन्छ । मेहेल (Pyrus pashia) को बियाँले नखुइलिने बदामी रङ दिन्छ । नखुइलिने वदामी रंङको लुगा केवल उच्च वर्गमा मात्र प्रचलित थियो किन भने मेहल रंग महगों हुने गर्दथ्यो । उच्च वर्ग ले लगाउने भए पछि मेहनतका साथ सिलाईएको र जीउ मा टम्म मिलेको हुने नै भयो । त्यसैले मेहल रंग ले रंगिएको र सहि नाप को पोसाक (लबेदा/दौरा) लाई मयलपोस भनिएको मानिन्छ । पछि भारतका बिभिन्न कम्पनीहरुमा नखुईलिने वदामी रंग सर्वत्र पाइन थाल्यो नेपालीहरु माझ यो रंगको दौरा खुवै प्रचलित भयो । सन् १८०३ मा फ्रान्सिस हेमिल्टनलको वर्णनमा नेपालमा सर्वत्र ‘रेड्डिस कटन उल’ प्रचलन मा रहेको उल्लेख छ । त्यहि समयतिर मयलपोस र दौरा समानार्थी शव्द वन्न पुगेको अनुमान गरीन्छ । यति भन्दा भन्दै पनि मयलपोस मोटो अर्थमा विशिष्ट निर्मित (कस्टम मेड) हो, जसको गाह्रो भाग भनेको खोकिला मिलाउनु हो र जो सहज नाप (फ्रि साइज) को दौराभन्दा भिन्न देखिन्छ ।

बिभिद जात जाति र धर्म संकृतीको अनुपम मिलन केन्द्र नेपाल मा क्षेत्रगत र फरक-फरक जातीगत बिभिन्न नामले परिचीत यो पोसाकलाई मध्य पस्चिमको जुम्लामा “कोच्छ्या” भनिन्छ, भने नेवारीमा “भोट लँ” भन्दा भोटो लुगा भन्ने बुझाउँछ । ठूलाकोमा खार्पा हुने र सानाकोमा नहुने मान्यता छ, त्यसै गरी मगर र गुरुङमा दौरा भनेको भोटोकै पर्यायवाची मानिन्छ भने, थकालीमा दौरा “आङीले” चिनिन्छ । साम्पाङको दौराबोधक “लछुम” र याक्खाको “लोकी लाङ्सुप्मा” केही मिल्न खोज्छन् । बिशेषत दौरा-सुरुवाल नेपाल र भारतका सिक्किम, दार्जीलिङ आदि केही क्षेत्रमा लगाइने पोसाक हो ।

वि. सं. २०६८ साल भन्दा पहिले “दौरा-सुरुवाल” नेपालको राष्ट्रिय पोसाकको रुपमा प्रचलीत थियो । २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले “दौरा-सुरुवाल”, “टोपी” र “गुन्यु-चोली” समय सापेक्ष नभएको भन्दै राष्ट्रिय पोसाक बाट हटाउने निर्णय गर्यो । यो पोसाक पहाडी भेगमा बढी प्रयोग हुन्छ । “दौरा-सुरुवाल” संगै आसकोट-कोट र शिरमा ढाका टोपी वा कालो भादगाउँले टोपी (जसमा दुई वटा क्रस खुकुरी माथी चन्द्र सुर्य अंकीत नेपालको राष्ट्रिय झण्डा सहितको ब्याज निधार माथी पर्ने गरी राखिएको हुन्छ) पनी लगाउने चलन छ । जसले गर्दा हामी नेपालीहरुलाई सहासका साथ उँचो सिर र गर्विलो छाती बनाई बिश्व सामु स्वाभिमानी नेपाली भनि चिनाएको छ ।

परापुर्बकाल देखिनै घरेलु धागो बाट बुनिने यस्तो टोपीलाई खस भाषामा “धाका टोपी” भनिन्थ्यो, बिस्तारै उच्चारणमा परिबर्तन आई “ढॉका टोपी” भनिन थालियो । केही उपबुज्रुकहरुले बंगालादेशको राजधानी ढॉकासंग जोडेर आफ्नो देशको ढॉका टोपीको ईतिहास भन्ने गर्दा हॉस्यास्पद कुरा सिबाय केही लाग्दैन मलाई, कतिपय बिद्वानहरुले घरेलु काचो धागो जसलाई “धाका” भनिन्छ त्यही धाकाबाट टाउको ढाक्ने टोपी बनाईएकोले त्यसको नाम टाउको ढाक्ने टोपी बाट “ढाका टोपी” रहन गएको पनी भन्ने गर्दछन ।

हाम्रो देशमा पछील्लो समयमा घटेका बिभिन्न राजनैतिक घटनाक्रम र तिनको असुरक्षित अबतरणले परिबर्तनका नाममा कतिपय राष्ट्र र राष्ट्रियता संग प्रत्यक्ष जोडिएका महत्वपुर्ण कुराहरुमा आफु र मातहतको पार्टी भित्र सिमीत रही अनेकौ राजनैतिक रंग दिन खोजिएको छ । मानबिय संबेदनालाई कम्जोर पारी पुर्बवत रिसीईबीको शैलीमा देशलाई धर्मनिरपेक्ष बनाई राष्ट्रिय जनावर “गाई” काटेर खान पाउनु पर्छ भन्ने बिषयलाई तुच्छ शैलीमा संसदमै बहस चलाई जगत हसाउने काम पनी गरीयो, तर कहिलेई सोचीयन की कतै यही निहुमा सदियौ देखी एकताको सुत्रमा बॉधिएका नेपाली-नेपाली बिच धार्मीक द्वन्द भड्कीएला भन्ने ? नयॉ नेपाल निर्माण, बिकास र समृद्वीका नाममा पुराना संरचना भत्काउने तथा हाम्रो गर्विलो ईतिहॉस मेटाउने कोशीष भैरहेको छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहाको नेतृत्वमा सबै जाजजातिका बिर नेपाली मिलेर सुन्दर शान्त नेपाल निर्मान गरिदिएकाले आज यही मातृभुमीको छातिमा बुट बजार्दै अनेकौ अधिकारका नारा लगाई तिनै बिर योद्वाहरुको ऐतिहासीक शालीक फोडीरहेकाछन् ।

आफ्ना ऐतिहासीक शालीक तोड फोड गर्ने हामी अराजक नेपालीहरु अमेरीका र युरोपका ऐतिहासीक शालीक संग निसंकोच फोटा खिची सामाजिक संजालमा पोष्ट गर्दछौ । यति गर्दा हाम्रो अनुहारको रंगले कतै पनि आत्मा ग्लानी बोध गरेको हुदैन । पुरानो इतिहास मेटाएर नयॉ इतिहास कदापी रचीदैन भन्ने कुराको ज्ञान नभएको हो भने पक्कै पनि सिक्नुहोला, तिनै बिकसीत मुलुकबाट जहॉ तपॉईहरु टाउको दुख्दा र सामान्य ज्वरो आउदा पनी उपचारका नाममा सैयर गर्नुहुन्छ, होईन भने आफ्नो ईतिहॉस मेटाउने अरुको ऐतिहॉसीक रुपरेखा देखी नतमस्तक बनी बयान-ब्याख्या सहित ट्विट गरी बिदेशी प्रभुलाई खुसी पार्ने ढोंगी प्रबृत्ती छाड्नुहोस । नयॉ नेपाल, नयॉ नेपाल, के हो नयॉ नेपाल भनेको ? किन नयॉ नेपाल निर्माण गर्नु पर्यो ? किन र कस्तो नयॉ इतिहास रच्नु पर्यो ? जसले धर्म, संस्कार, संकृती, आफ्नो मौलीक परमपरा मासेर मान्छेलाई अनुशासन हिन र अमर्यादित भै नैतिक पतन बन्न अग्रसर गराईरहेको छ ।

हेनुहोस आखिर नयॉ नेपालमा पनी सुहाउने त “दौरा-सुरुवाल” मा नै रहेछ । नपत्याए हेरौन बाहुनका छोरा डा. बाबुराम भट्टराई , खस आर्यका छोरा केपी ओली, मगरका छोरा नन्दबहादुर पुन, मदेशीका छोरा डा. रामबरण यादव र क्षेत्रीय ठकुरीको छोरो मलाई पनी दौरा-सुरुवालमै क्या राम्रो सुहाएको छ । हो त्यसैले यो पोसाक नेपालको राष्ट्रिय पोसाक हो । “दौरा-सुरुवाल र सिरमा टोपी” सहीतको राष्ट्रिय पोसाक लगाउ, संस्कार र संकृती जोगाउ, राष्ट्र र राष्ट्रियता जोगाउन कुहीनाले पहाड फोरे जस्तो गरीरहनै पर्दैन, आफै जोगीन्छ । जय नेपाल !!!

Comments

comments