US Khabar

विश्व प्रसिद्ध कार रेन्टल हर्ट्जको सेवा अब नेपालमा पनि

- USKHABAR | १ महिना पहिले प्रकाशित

विश्व प्रसिद्ध कार रेन्टल हर्ट्जको सेवा अब नेपालमा पनि

विश्व प्रसिद्ध कार रेन्टल हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेको छ।

यो सहकार्यपछि प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले मलेसियन एयरलाइन्स, रेल युरोप र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्री फिफ्टी, डलर र एस लगायतका ब्राण्डहरूसँग काम गर्ने जनाइएको छ।

साझेदारीपछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरूको पहुँचमा हुने जनाइएको छ। यो सुविधा अनुसार अब नेपालीहरूले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन्।

हर्ट्जका एसिया प्रशान्त उपाध्यक्ष इयोन म्याकनिलले अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टुर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन्।

यसैगरी, प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध भएको बताएका छन्।

उनका अनुसार नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधा त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला रहनेछ। ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्ट्जले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजिल्याण्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्री फिफ्टी ब्राण्डहरूमार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।

यस अतिरिक्त हर्ट्ज संस्थानले केही विशिष्ट बजारहरूमा फायरफ्लाई कार रेन्टल, एस रेन्टल कार्स र हर्ट्ज २४x७ मार्फत थप सेवा दिँदै आएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!