होटलको त्यो कोठामा हामी छिर्नासाथ उसले मलाई गहिरो चुम्बन गरी । उसको चुम्बनले मेरो पुरुष शरिरमा एउटा अराजक कम्पन फैलिएको भएपनि म केवल उ संगको स्पर्समा मात्रै डुविरहेको थिएँ । साँच्चै भनुँ त म मेरो शरिर नियन्त्रणमा रहोस् र केवल प्रेम, मात्र प्रेम ब्यक्त गर्न सकुँ भन्नेमा नै थिएँ । अलिक अपत्यारीलो लाग्न सक्छ धेरैलाई । हामी दुवै बिबाहित हौं । सबैथोक पाउन किन हतारिएको छैन एक पुरुष मन, किन नियन्त्रण गर्दैछ शरिरलाई । मेरो अंगालोमा थिई उ, बन्द थिए उसका आँखाहरु, उसका ओठहरुमा गहिरो तिर्खा थियो केबल मेरा लागि र उसलाई सम्पुर्ण पाएको महशुषमा आफ्नो यौवनको सुरुवाती समयमा फर्किएको थिएँ म । भनुँ त यस्तो लाग्दै थियो यो नै पहिलो स्पर्स हो पहिलो किस हो । पहिलो अंगालो, पहिलो केटी देहसंगको सामिप्यता ।

यसरी हामी पहिलो पटक निर्वाध साटिएका थियौं एक अर्कासंग संग । चुपचाप थियौं हामी तर संवाद असाध्यै धेरै भईरहेछ मनहरुको यो हामी दुवैलाई थाहा छ ।

उ निकै बेर हराईरहि, म डुविरहेँ । जव उ म बाट छुटेर बन्द आँखामा नै मेरो गालामा चुमी । यस पटक म पागल बनें र उसलाई जोडले आफु नजिक खिचेर उसका आँखा, ओठ, निधार गाला सबै चुमे, अधरको स्वाद यति मीठो हुन्छ भन्ने थाहा थिएन यस अघि मलाई । मेरो मौनता भनिरहेथ्यो “म कहाँ अघाएको छु र अनु मेरो तिर्खाको अनुमान तिमी गर्न सक्दिनौं ।” यस पटकको चुम्बनमा उसले थाहा पाई मेरो शरिर नियन्त्रण बाहिर छ किनकी हाम्रो शरिर यसरी एकाकार भएको थियो कि मेरो पुरुष अंगको असजिलो उसले थाहा पाउन सक्थी ।

यो होटलको बन्द कोठासम्म आउन हामीलाई धेरै मुस्कील थियो । परिवार र समाजको डर, अनैतिकताको लाच्छना सहनुपर्ने मजबुरी आदि ईत्यादी । तर पनि हामी यो रात संगै छौं ।

छेवैको खाटमा बस्दै उसले सुस्तरी बोली । “प्रकाश तिमीलाई डर लागेको छैन ।”

मैले एउटा गहिरो सुस्केरा छोडेर भनें “म खुसी छु केवल यति थाहा छ, गल्ती गरेको महशुष नहुँदा सम्म मलाई डर कहिल्यै लाग्दैन ।”

“के यो गलत होईन ?” उसले अवोध बालकले झैं मेरो आँखामा हेरेर प्रश्न गरी ।

“गलत थियो भने तिमी र म यो कोठामा हुने थिएनौं ।” म साँच्चै विश्वस्त थिएँ यो गलत होईन भन्नेमा ।
उसका आँखाले मेरो जवाफको कारण खोजिरहेको थियो त्यसैले फेरी बोलें (“हामी यहाँ सेक्स गर्नका लागि आएका होईनौं । हामी हाम्रो प्रेमको सम्मान स्वरुप यहाँ छौं अनु । सेक्सका लागि हामीसंग अरु पनि कोहि थिए, छन् ।” मेरो आवाजमा आफ्नो निर्णय सहि हो भन्ने रवाफ पनि मिसिएको थियो यो बेला ।

मेरो जवाफ उसले चित्त बुझाई सायद र उसका आँखाहरु मुस्कुराउँदै झुके । यो लज्जा भित्र मैले धेरै कुरा भेटें । उ भर्जिन होईन, उ कयौं रात आफ्नो लोग्नेसंग निवस्त्र निदाएकी होली, यस्ता धेरै चुम्बन उसले साटेकी होली तर म दावाका साथ भन्न सक्छु उसको मनलाई हेर्ने हो भने उ अझै सम्म भर्जिन छ । म उसको किशोर मनले कल्पना गरेको बेला देखिको प्रेमी हुँ अझ भनुँ लोग्ने हुँ म उसको यति बेला । जो बिबाहको मन्डप खडा नएपनि स्वयंवरको औठी नसाटिएको भएपनि यो सत्य हो हामीले एक अर्काका बरबधु नै हौं । हामी शरिरको भोक मेटाउन यहाँ आएकै होईनौं कमसेकम हाम्रो प्रेमको लागि यति अधिकार त हुनैपर्छ कि हामी एउटा रात भएपनि संगै बिताउँ । हाम्रो प्रेमले कसैलाई दुखाएको छैन, बरु यो परिस्थतीले हामी कति हो कति रोएका छौं । एक रात बिताउँदा त यो समाजले अनैतिक भन्छ भने एउटा सिंगो जुनी कटाउन हामीले समाज त्याग्दा हामी कति कलंकित बनौंला ?

उ बादल जस्तै छे छिनछिनमा आकार बदलीरहने । घरी बच्चा जस्ती गरि बुढी हजुरआमा जस्ती । म असाध्यै कम बोल्ने स्वभावको केटा । हिसाव गर्दा उ म भन्दा करिव १० बर्ष कान्छी रहिछे । तर उ उसका उमेरका युवती भन्दा अलग छे, मैले यो ६ महिना लामो फेसबुक गफ र यो तेस्रो भेटमा ।

कोठाको माहौल हेर्दा असाध्यै सामान्य जस्तो लागिरहेछ अहिले । म आफ्नी श्रीमतीसंग भन्दा पनि सजिलो गरि बोलिरहेछु, घर परिवार दायित्व जीम्मेवारी धेरै कुरा सुनाउँदा पनि मैले उसलाई आफ्नी श्रीमती र बच्चाहरुको कुरा कहिल्यै सुनाउन चाहिन ।

उसले फेसबुकको कुराकानीमा एकपटक सोधेकी थिई “प्रकास के हामी संगै हुन सक्दैनौं ।” त्यो रात हामी पहिलो पटक बात मारेको रात थियो । पहिलो कुराकानी नै यति लामो भै दियो कि पुरै रात गफ गरेर उज्यालो बनायौं हामीले । मिर्मिरे बिहानीको समय हामी छुट्नै लाग्दा सोधेको उसको यो प्रश्नको जवाफले म असाध्यै दुखेको थिएँ आफैं । किनकी मैले “सक्दैनौं अनु हामी संगै हुन कहिल्यै” भन्नु परेको थियो । त्यसपछि न उसले कहिल्यै यो प्रश्न गरी न मैले उसलाई आफ्नो गृहस्त जीवनको बारेमा बताउनु आवश्यक ठानें । धेरै पटक उसले “म तिमीलाई मेरा जीवनको कुरा सुनाउँछु प्रकास” भन्दा मैले चासो देखाईन । मेरो मन नै मानेन उसको कुरा सुन्न किनकी म उसको लोग्नेको नाम सुन्न चाहन्न थें । मलाई उ कसैकी हो भन्ने थाहा थियो र पनि मलाई यो कुरा उसको मुखबाट सुन्न पटक्कै मन थिएन । यहाँ नेर मेरो पुरुष मन हावी भएको होईन म केवल हाम्रो प्रेम पवित्र चोखो छ यहाँ कोहि मिसिएर यहि गाडा प्रेममा दयाको छनक नआवस् भन्ने लागिरर्यो मेरो ह्रदयलाई ।

फोन आयो उठाउँदा होटलको काउण्टरबाट रहेछ खानाको लागि । रिसिभर हातमै राखेर मैले उनलाई भनें खाना खान तल जाने कि यहीँ ? उसले भनि “माथी नै मगाउ ।”

एकछिनमै खाना लिएर वयटर आयो । वयटर गएपछि मैले उनलाई सोधें “तिमीलाई तलै बसेर खान खान मन थियो है ?”
“उम्, तिमिलाई कसरी थाहा भयो ?” एउटा मधुर मुस्कान भरियो उनको आँखामा ।

“म सब बुझ्छु अनु तर यो समाजलाई बुझाउन नसक्ने कायर जस्तो लाग्छ मलाई यस्तो बेला आफु ।” साँच्चै नमिठो लागेको थियो हामी कसैले देख्ला भन्ने डरले बन्द कोठामा मात्र सिमित हुनुपर्दा ।

“प्रकाश सबैलाई यो सौभाग्य मिल्दैन । हामीले एक अर्कालाई सम्पूर्ण प्राप्त गरेका छौं । म तिमीलाई प्रेम गर्छु भन्ने थाहा पाउँदा मेरो श्रीमान र समाजले मलाई चरित्र हिन भन्छ । तिम्री श्रीमती र समाजले तिमीलाई धोकेवाज भन्छ । तर हामी नजिक हुनुमा कसैको कुभलोको चाह छैन । समयले हामीलाई धेरै ठिला भेटायो तर भेट हुन पाउनु हाम्रो भाग्य थियो । सायद हामी रित्तो थिएँउ र त पूर्णताका लागि मलाई तिम्रो प्रेम र तिमीलाई मेरो प्रेम आवश्यक भयो ।”

उसका कुरा म सानो बच्चाले झैं ध्यानले सुनिरहेछु । मन खुसी र दुखी दुवै छैन सुन्य छु सायद यो समय र उसका प्रत्यक शब्दले नै मन भर्दैछु म ।

हो उसले भनेका सबैकुरा सत्य हुन् । हाम्रो घरबारे जीवन राम्रै चल्दैछ । हामी कसैको मन र घर भत्काउन आएका होईनौं । हामी दुवैले प्रेम बिबाह गरेका हौं र तर हामी अचानक एक अर्काको भै दिएउँ । सुरुकै भेटमा कत्रो आकर्षण । मैले जीवनमा उ भन्दा कयौं राम्रा केटी देखेको छु उसले पनि देखी होला म भन्दा सुन्दर पुरुष । तर साधारण रुपरंगमै हामी बेहद सौन्दर्य भेटिरहेछौं । भन्ने नै हो भने हामीले एक अर्काको अनुहार केवल मेरो मान्छे भन्ने ठानेरै मात्र याद गरेको हौंला त्यो भन्दा करडौं गुणा याद हामीलाई एक अर्काले बोलेका शब्द शब्दको छ ।

चिनजान भएको दोस्रो हप्ता एक रात कुरा गर्दै गर्दा अचानक मेरो ईन्बक्समा एउटा किसबाला गीफ नाच्न थाल्यो । मैले घडी हेरें,रातको १:२४ बजेको रहेछ ।

उताबाट उसले हतफत म्यासेज गरी “सरी मैले अरुनै पठाउन लागेको यो गयो ।” उसको सरी ३ वटा लगातार आयो । म एक्लै मुस्कुाई रहेछु यता ।

जवाफमा लेखें “किन सरी के तिमीलाई यति अधिकार पनि छैन र ?”

“छ तर मैले जानेर पठाएको होईन” उसले फेरि स्पस्टीकरण दिई
मैले गलत भनें र ?

“छैन तर झुक्केरै गएको हो” उसले फेरी तेहेर्याई ।

तिमीले जानि जानी पठाएको भनेको भए म अझै धेरै खुसी हुन्थें

यसपटक उसले स्माईली स्टीकर मात्र पठाई

उ मौन भएपछि फेरी भनें, “के तिमी कल्पना गर्दिनौं हाम्रो । ”

कस्तो कल्पना ?

“अघि जे पठाएकी थियौै झुक्कीएर ।”

“अप्ठेरै नलाग्ने है बोल्न त मान्छेहरुलाई ।” यो लेखेर मेरो ईन्वक्स तिर पठाउँदै गर्दा सायद उ पनि मुस्कुराई रहेकी हुँदी हो ।

साँच्चै भन के तिम्रो कल्पनामा म यसरी कहिल्यै आईन ?

उसको जवाफ सोचेभन्दा ढिलो आयो त्यो पनि प्रतिप्रश्न “तिमीलाई के लाग्छ ?”

मलाई लाग्छ, म तिम्रो सबैभन्दा मन परेको मान्छे हुँ जो संग तिमी आफुलाई छल्न सक्छेउ तर चाहन्नौ ।

यसको जवाफमा उसले सोधी “मैले केही भने भने तिमी मलाई नराम्रो सोच्छौं ?”

म तिम्रा हर कुरालाई प्रेम गर्ने मान्छे हुँ, देखेको छैन भेटेको छैन भन्दैमा महशुष नै गर्न सक्दिन तिमीलाई भन्ने छ र ?
यसको जवाफ आयो “हो म तिमीसंग साटिन चाहन्छु । तिमीलाई आफुभित्र कैद गरेर राख्न चाहन्छु । सक्छौ त लैजाउ मलाई पनि तिमीसंगै ।”

मलाई त्यो समय दौडेर उसको घर जाउँ र उसलाई अंगालेर धेरै बेर चुमु जस्तो लागेको थियो जस्तो आज उसले यो होटलको कोठामा छिर्नासाथ मलाई चुमि । सायद हाम्रो ठाउँमा अरु भएको भए त्यहि चुम्बनसंगै सेक्स भै सक्ने थियो । हाम्रो शरिरको माग पनि थियो तर पनि अझै बाँकी छ संभोग ।

म कतै हराईरहेको थाहा पाएर उसले प्रशंग बदली “प्रकास भन त तिमीलाई यि सब खानेकुरामा के मन पर्छ ?”

“तिमीलाई नि ?” मैले संधै झैं उसलाई सोधें ।

उ रिसाएझैं गरी “तिमी त यस्तै हो म जे सोध्छु तिमी जवाफ दिनु भन्दा उल्टो त्यहि प्र्रश्न मलाई गर्छौ ।”
तिमीलाई थाहा छ नि म खाष केटीको संगतमा नभएको मान्छे हुँ । तिमी भेटियौं मलाई तिम्रो चित्त थोरै मात्र पनि नदुखोस् भन्ने लाग्छ । मेरो जवाफ सुनेर तिमी रिसाउँछेउकी भन्ने पिरले म पहिले तिम्रो बिचार जान्न खोज्छु ।

खाना खान सुरु गरेउँ मलाई लाग्यो, “अरे यार संगै खाना खाईरहेछौं हामी एउटै कोठामा बसेर ।” उसले कसरी थाहा पाई कुन्नी मेरो मनको कुरा ।

जिस्काई हाली “मख्ख परेको छौ है संगै बसेर खाना खान पाउँदा ।”

म सिलिङ तिर हेरेर मुस्कुराएँ । “तिम्रो मन केटाको भएपनि स्वभाव केटीको जस्तो लाग्छ कहिले काहीँ ” उसले फेरी जिस्काई ।

“केटाको स्वभाव कस्तो हुन्छ र ?” यसपटक मैले पनि जिस्केकै शैलीमा भनें ।

सोच तिम्रो ठाउँमा अरु भएको भए के हुनेथियो ?

“के सेक्स ?” मैले हाँस्दै हातको गास रोकेर उसका आँखामा हेरें ।

किन हुन्थेन र ?

“सेक्स भनेको के हो र ? शरिर हो बिपरित शरिरको स्पर्सले फरक महशुष भएजस्तो लाग्छ त्यसलाई सेक्सको चाहना भन्ने ठान्छेउ तिमी ?

”के हो त त्यो” उसले जानी जानी सोधी ?

“सेक्स त्यो हो जो दुवै मनले अपिल गर्छ । भन्ने नै हो भने संभोगका लागि केटा बनेकै होईन । यो त केटीका लागि हो, केटा त सहयोगी मात्र हो । के तिमीले कहिल्यै थाहा पाएकी छौं कुनै जनावरले बलत्कार गरेको ? जव गाईले बहर खोज्छे तव मात्र बहर सहभागी हुन्छ ? अपवाद होला केही वहरहरु गाईलाई दुख दिएको भेटिन्छ तर खाष जनावरहरु बलत्कारी हुँदैनन् । अरु पनि उदाहरण दिन्थें हामी खाना खाईरहेका छौं” म यति भनिसकेर ठुलै स्वरले हाँसे ।

“पागल” उसले आँखा तरेझैं गरी ।

खाना खाएर चुठ्नै लाग्दा उसले फेरी सोधी “के भन्दै थिएउ रे तिमी सेक्स केटीका लागि हो पुरुष सहयोगी हो………..

“ल थाहा छैन तिमीलाई ? सत्य यहि त हो नी । खाषमा सेक्स केटीको चाहना र अधिकार हो । पुरुष यसमा सामिल हुने हो, तिमी संधै भन्छेउ नि तिमी केही भन्दैनौ हर कुरा मलाई सोध्छौ । म तिम्रो मनको कदर गर्छु र सेक्समा पनि म प्राकृतिक हुन चाहन्छु किनकी नारी जननी हो उसलाई प्रकृतीले नै सेक्सका लागि स्वकृती दिएको छ हामी पुरुषहरु ठान्दछौं सेक्स हाम्रो हो । हामी हो स्त्रीलाई भोग्ने भन्ने भ्रममा छौं हामी पुरुषहरु । तर खाषमा सेक्स हामीलाई नारी जातिले प्रदान गरेको हक हो ।

उ मेरो छेउमा आएर भनि “ दिनहुँ बाहिरिरहेका बलत्कारका घटनामा पुरुषकै मात्र नाम आउँछ यो के भईरहेको हो ?”
मैले उसलाई अंगालोमा बेर्दे भनें “बलत्कार महिलाबाट पनि हुन्छ प्रसस्तै । तर पुरुषले यो कुरा बाहिर ल्याउँदैन । किनकी उसलाई लाग्छ मैले पनि त मज्जा लुटें । नामर्द भन्लान् भोली सबैले म माथी बलत्कार भयो भन्दा । यहि सोचले गर्दा त पुरुष संधै बलियो बनेको छ ।

महिला किन बिरोध गर्छन् थाहा छ, यो मेरो अधिकारको कुरा हो । मेरो स्वकृतीबिना पुरुषले बलजफती गर्नै पाउँदैन । किनकी नजानेरै पनि महिलामा सेक्सको अधिकार मेरो हो भन्ने कुरा महशुष छ किनकी यो भगवानको पालाबाट बसाईएको संस्कार हो । पछि पुरुष बाठो भए, सेक्स यस्तो चिज हो जसले बिपरित शरिरलाई बसमा ल्याउन सक्छ । त्यो बुझेर पुरुषले आफुलाई जहिले ईच्छा लाग्छ त्यहिल्यै मात्र सेक्स गर्न थाल्यो । केटीहरु अप्ठेरोमा पर्न थाले, स्वभावैले नारी कोमल मनका हुन्छन् ठिकै छ नि त भनेर पुरुषको ईच्छामा चल्न थाले हेर्दा हेर्दे यो हक पुरुषले एकलौटी बनाईदियो ।

“त्यसो भए बलात्कृत नारी अपमानित किन हुन्छे समाजबाट ?”

भनि हाँले नी पुरुष बाठो छ उसले आफुलाई बचाउन बलत्कार भएपछि नारीको ईज्जत गयो भन्ने अपवाह भैलाईदियो पछि उनिहरुकै सन्तान हामीहरुमा यो कुरा सर्दै आयो । जव परपुरुषले गरेको सेक्सले महिलाको ईज्जत जान्छ भन्ने संस्कार बस्यो तव महिलाहरु स्वयं पनि मेरो ईज्जत गयो चरित्रमा दाग लाग्यो भन्ने महसुष गर्न थाले । यसो गर्दा पुरुषलाई अझै फाईदा भयो उसकी श्रीमती अरुसंग सेक्स नगर्ने भै, उसका दिदी बहिनी सतर्क रहन थाले ।

“तिमीले सहि भनेउ त्यसो भए हामी सेक्सका लागि लजाउनु पर्दैन नि है ? ”उसले सिरियस भएर भनि ।

ल किन लजाउनु । यो महिलाको अधिकार हो । यसमा न लजाउनु पर्छ न डराउनु पर्छ । सेक्सकै आडमा त त नारीलाई पुरुषले दमन गरेको छ । नत्र नारी कहिले कमजोर थिए र न महाकाली न दुर्गा न सरस्वती न लक्ष्मी पार्वती । पहिले रजस्वला र सन्तान जन्माउने कष्ट हामी सहन्नौ भने देवीहरुले फेरी हामीलाई बिना कष्ट सन्तान चाहियो भने । जे चाह्यो त्यो प्राप्त गर्दै आएको शक्तीशाली जात हो नारी ।

उसले मेरा बिचारमा सहमती जनाई र भनि “के म तिमीसंग पनि नलजाउँ ?”

किन लजाउनु तिमले सुरुमा किस गरोस् भन्ने चाहेको थिएँ गरेउ म भाग्यमानी पुरुष हु यो अर्थमा । म चाहन्छु संभोग पनि तिमी नै सुरु गर ।

“तिमी बाठो भएको ?” उसले मेरो छातिमा अडिएको आफ्नो शिर उठाएर मेरा आँखामा आँखा राखेर प्रश्न गरी ।

मैले उसको निधार चुमेर उसका आँखामा हेर्दै भनें “कमसेकम तिमी आफ्नो अधिकार लिउ भन्ने चाहन्छु अनु म । समाजको पर्खाल नाघेर म संग प्रेम गरेउ, तिमी यहाँ छौं आज । तर खाषमा मैले जति प्रेम तिम्रो श्रीमानले दिन सकेको भए तिमी यहाँ हुन्नथेउ । तिमीले जति प्रेम दिन सकेको भए मेरी श्रीमतीले म पनि यहाँ हुन्नथें । उनिहरुले हाम्रो शरिरमाथी अधिकार जमाए र भनें म तलाईं प्रेम गर्छु । शरिरमाथी अधिकार जमाएर प्रेम हुने भए वेश्याहरुसंग सबैले प्रेम गर्नेथिए । उनिहरु जति सेक्समा पारंगत को हुन्छ र ?

यतिलामो सेक्सको बहस त भयो तर आज हामी संगै एउटै बिस्तारामा निदाउँदा के हुने हो हामीलाई नै पत्तो थिएन । म चाहन्थें उसको स्त्री शरिरले जति भोग्न चाहन्छ उति भोगोस् मलाई । उ पनि चाहन्थी मेरो पुरुष मन र शरिरले रहर गरेका सबैकुरा दिन सकुँ । हामी पूर्णरुपमा साटिनु थियो एक अर्कासंग । किनकी मैले बुझेको र उसलाई बुझाउन खोजेको संभोग यहि थियो । हामी पढेलेखेका मान्छे, जीवन र प्रेमलाई ब्याख्या गर्न जान्ने मान्छे हाम्रो संभोग फिक्का बन्नु हुन्न भन्ने थियो मलाई । पहिले नै हामीले भनेका थियौं हाम्रो सेक्स हुन पनि सक्छ नहुन पनि सक्छ । खाषमा हामी एक अर्काका सपना, रहर, प्रेम जान्नकै लागि आएका थियौं यहाँ । तै पनि हाम्रो शरिर साटिन सक्छ आज भन्ने थाहा थियो ।

“ला तिमी कहाँ सुत्छेउ” मैले जिस्काउँदै भने उसको मौनता चिरेर ।

“म तिमीसंगै सुत्छु किनकी यो मेरो अधिकार हो । र मेरो मनको ईच्छा हो” । उसले अघि मैले उठाएको नारी अधिकारको कुरालाई स्वकारे जसरी भनि ।

जेरो वाटको बत्तीले रातो रंगको बनाएको थियो सम्पुर्ण कोठा । उ मेरो हातको सिरानी बनाएर मेरा आँखामा हेर्दै बात मार्दै थिई । हामीले जीवनमा तँ मेरो होस् र म तेरो हुँ भन्ने प्रतिज्ञा पुरा गर्दै गरेको रात थियो यो । म उसलाई आफु भित्र राख्न चाहन्थें सम्पूर्ण र उ पनि अन्तिम बिन्दुसम्मकै प्रेम दिन र लिन चाहन्थी । हामीले “मलाई मन लाग्यो प्लीज” भन्नै परेन । आफैं भयो एउटा अत्यन्त सुन्दर सहवास । हाम्रा शरिरका गुप्त अंग निर्वाध थिए । उनिहरु एक अर्कासंग प्रेम गरिरहेथे जस्तो कि हामी दुई प्रेम गरिरहेछौं । मन त रहेछ सबै कुरा, मलाई लाग्यो उसको यो पहिलो संभोग हो उसलाई पनि लाग्यो मेरो शरिर यस अघि कसैले छोएकै छैन । हामीले बिताएको यो रात हामीसंगै रहने छ संधै । हामी जहाँ जसको अंगालोमा निदाएपनि यो प्रेम कसैले खोज्ने छैन । उसलाई थाहा छ म निदाउँनु अघिको अन्तिम सम्झना पनि उहि हुनेछे र बिउँझदाको पहिलो याद पनि उहि नै हुनेछे । हाम्रो प्रेम दुनियाको नजरमा अनैतिक भएपनि हामीले आजसम्म गरेका सबै काम मध्यको उत्कृष्ट नैतिक काम हो भन्ने हामीले ठान्नेछौं ।

उज्यालो भयो ननिदाएरै । अव हाम्रो भेट हुन्छ हुन्न हामीलाई थाहा छैन र पनि हाम्रा आँखा बोलिरहेछन् यो १ रातको संभोगले हामीलाई जीवन भरको सन्तुष्टी दिनेछ ।

होटलको बिल बुझाएर निस्केपछि उसले भनि “प्रकाश प्रेम गर्नेहरुले कहिल्यै आफ्नो एकाधिकार जमाउँदैनन् । तिमीले पुरा जीवन अर्कैसंग जीएपनि मैले जति प्राप्त तिमीलाई अरुले गर्ने छैन ।”

मैले दुनियाको प्रवाह नगरी सडक किनारमै उसको निधार चुमेर भनें “तिमी म भित्र छौं कसैले मलाई तिमीबाट खोस्न सक्दैन म जहाँ जहाँ पुग्छु तिमी मै संग हुनेछेउ । मैले अन्तिम स्वास फेर्दै गर्दा तिमीलाई मेरो ढुकढुकीले भन्नेछ ‘अनु मैले यो संसारमा प्राप्त गरेको सबैभन्दा अमुल्य सुख तिमीसंग बिताएको १ रात नै हो ।’

 

 

[email protected] 

 

Comments

comments