US Khabar
  • काठमाडौंमा आजबाट संचालनमा आयो मयुर यातायात: बुधबार २० भन्दा बढि बस थप्ने तयारी

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    काठमाडौंमा आजबाट संचालनमा आयो मयुर यातायात: बुधबार २० भन्दा बढि बस थप्ने तयारी

    यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात संचालन नगर्ने अडान लिईरहेका बेला मयुर यातायातले भने आजबाट आफ्नो सेवा सुचारु गरेको छ । सार्वजनिक यातायात प्रयोगकर्ताको अप्ठ्यारो परिस्थितीलाई ध्यानमा राखी आजबाट मयुर यातायातले काठमाडौं उपत्यकामा आज ६ वटा बस संचालन गरेको हो ।

    आज दिनभर मयुर यातायातका काठमाडौं पनौती रूटमा २ ओटा र रिङरोडमा ४ ओटा गाडी संचालनमा आएसंगै यातायात ब्यवसायि संघको अडान भन्दा सर्वसाधारणको हितमा मयुर यातायात जिम्मेबार देखिएको छ । मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठका अनुसार आजैबाट आफ्ना सबै बस संचालन गर्ने ईच्छा भएपनि लामो समयदेखि ग्यारेजमा थन्किएकाले गाडीका ब्याट्रीमा केही समस्या देखिएकाले ति गाडीहरुको मर्मत भै रहेको छ । गाडीमा धेरै समस्या नरहेकाले चाँडै नै बन्ने बताईएको छ ।

    अध्यक्ष श्रेष्ठका अनुसार पर्सी अर्थात बुधबारबाट यातायात व्यवस्था विभागसँग छलफल गरेर २०\ २२ वटा गाडी सार्वजनिक यातायात प्रयोगकर्ताका लागि थप्ने तयारी मयुर यातायातको रहेको छ ।

    सरकारले जिल्ला बाहिर बस चलाउन नपाईने नियम राखेपछि काठमाडौं र काभ्रेका सिडिओ कार्यालयसँग समन्वय गरेर यात्रुहरुको अवस्था हेरी काठमाडौंबाट धुलिखेलसम्म यात्रुहरु लग्ने र धुलिखेलबाट पनौतीसम्म अर्को बसले लैजाने व्यवस्था मिलाइएको समेत श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार  गाडीमा सरकारले निर्धारण गरेको मापदण्ड अपनाइने छ ।

    आजैबाट संयुक्त यातायातका केही बस पनि सञ्चालनमा आएका छन् भने साझा यातायातले साउन १ गतेबाट आफ्ना बसहरु संचालन गर्ने यस अघि नै बताईसकेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">