मान सिंह ठकुरी

२०७२ असोज ६ गते एमाओवादी छोडेका बाबुराम भट्टराईको राजनीतिक उतारचढाब सँगै २०३९ सालमा कम्यूनिष्ट पार्टी सदस्यता हुँदै मोहन विक्रम सिंह नेतृत्वको समूहमा सक्रियपछि नेकपा मसाल २०४८ सालमा मसालबाट बिद्रोह गरेर नेकपा (एकता केन्द्र ) सँग एकता, २०५१ सालदेखि नेकपा माओवादी, २०५२ सालबाट सुरु जनयुध्द नेतृत्व तहमा, २०६५ सालदेखि एकिकृत माओवादीको उपाध्यक्ष, २०६८ असोज १२ देखि २०६९ फागुन ३० सम्म प्रधानमन्त्री, २०७२ असोज ३ संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी पार्टी संसद सदस्य पद त्याग, २०७३ जेठ ३० मा काठमाण्डौ, रङ्गशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा, दुईवटा संविधान सभामा २०६४ र २०७० सालमा गोरखाबाट निर्वाचित, २०७४ को संसदीय निर्वाचमा नयाँ शक्ति पार्टीका तर्फबाट काङ्ग्रेससँगको तालमेलमा गोरखाबाटै निर्वाचित, बाबुरामले एकल निर्णयमै एमाओवादी पार्टी र सभासद समेत परित्यागको घोषणा गरे ।

पत्रकार सम्मेलनमा बाबुरामले भने,राजनीति गर्ने जुन कुनै मान्छेको चाहना देशको कार्यकारी प्रमुख बन्ने हुन्छ । म त्यो ठाउँमा पुगिसकेँ । अब, देशलाई कति सक्छु योगदान गर्नेछु । उनले पार्टी परित्याग गर्दा हिजो साथ दिने कसैको वास्ता गरेनन् । नयाँ शक्ति बनाउन आफूले एक्लै पार्टी परित्याग गरेको दावी गरे । आफ्नी छोरीसँग बाहेक अरु कसैसँग सल्लाह नगरेको उनले बताइरहँदा उनको समूहका सबैको मन मिलाउन सकेनन् । बाबुरामले माओवादीमै रहेर विचारको नयाँ पालुवा देलान् भन्ने लागेको थियो तर माओवादीले जरा नै फेरेको घोषणा गरे । जरा फेरेपछि बोट मर्ने निश्चित नै थियो । त्यसैले, टोपबहादुर रायमाझी लगायतका कैयौँ नेताले उनलाई साथ दिएनन् ।

पत्रकार सम्मेलनमा उनले दिएको अभिव्यक्ति आफू केन्द्रित थियो । उनले त आफूले पाउनै पाइसकेका थिए तर कार्यकर्ता माओवादी पार्टी र उनको पक्षमा लागेर केही पाएका थिएनन् । बरु, धेरै गुमाइसकेका थिए । बाबुरामको पक्षमा देखिएकै कारण पार्टीभित्रै फरक पार्टीका कार्यकर्ताको जस्तो नमीठो व्यवहार भोग्दै आए । त्यसकारण कार्यकर्ता स्वाभाविक रुपमा केहि तिता अनुभव पचाउँदै आए । जनयुद्धको भीषण आँधीमा आँखा चिम्लिएर होमिएका कार्यकर्ता कसैको पनि वैयक्तिक अपेक्षा केही थिएन ।

पार्टी राम्रो बन्दिए र नेताले बाटो नबिराइदिए भन्ने मात्रै चाहना थियो । जनयुद्धमा अरुलाई मुख्य र सहायक दुश्मन छुट्याउने कमाण्डरले शान्ति प्रक्रियामा आइसकेपछि सहयोद्धालाई नै मुख्य र सहायक दुश्मन देख्न थाले भन्ने बाहिर आरोप छ । कार्यकर्ता र जनताको अपेक्षामा पटक–पटक ठेस लागिरह्यो । जुधाउनका लागि बेस्सरी खुवाएर पालेका ‘साँढे’ झैँ नेताहरु जुध्न थाले । कार्यकर्ता मिच्चिइरहे । आफू अनुकूल अर्को बदलिएन भन्दै एकले अर्कोलाई खेदो खनिरहे । व्यक्तिवादको उर्लदो भेलले कार्यकर्ता र नेताहरुलाई क्रमशः पृथकतावादीतिर लग्यो । त्यतिबेला बाबुरामले आफ्नो समूहमाथि गरेको अवमूल्यन र अविश्वासमाथि पनि कार्यकर्ताले आँखा चिम्लिदिए । उनले माओवादी कार्यकर्ताबाट नयाँ शक्तिको कुनै सम्भावना नदेखेर पार्टी परित्याग गरेको बताएका थिए । त्यसो भन्नु आफ्नै समूहमाथिको धोका थियो ।

त्यसपछि नयाँ मान्छे खोज्दै उनी उच्च ओहोदाका अवकाश प्राप्त र कार्यरत कर्मचारी खोज्दै हिँडे । ठूला व्यवसायीहरु भेट्न थाले तर माओवादी पार्टी छोडेर आउन उक्साउने अर्बपतिहरु र केन्द्रीय तहका प्रभावशाली नेताहरुले नै ठूलो कसरत गर्दा पनि उनलाई साथ दिएनन् । किनकि बाबुरामप्रतिको उनीहरुको मन मरिसकेको थियो । उनको दाहिने हात मानिएका टोपबहादुरले नै भने, बाबुरामले ३२ चोटी पार्टी छोडिसके । उनी फेरि माओवादीमै फर्कन्छन् । व्यक्तिको पछि लागेर साध्य हुँदैन । अहिले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा गरे तर आज उनी माओवादीमा भने फर्केनन् नत नेकपामै फर्के बाबुरामको पक्षमा खुलेका सभासद् कुनै एक जनाले पनि माओवादी छोडेनन् ।

प्राविधिक कारण देखाए पनि उनीहरुले पार्टी नछोड्नुमा बाबुराम नै प्रधान कारण थिए । भेलामा उनको समूहका तल्लो स्तरका अधिकांस नेता र कार्यकर्ता आए । माओवादी कार्यकर्ताको जिज्ञासा मेटाउँदै बाबुरामले नयाँ शक्ति वामपन्थी पार्टी नै बन्नेमा ढुक्क हुन आग्रह गरे । नयाँ पार्टीको पक्षमा माहोल बनाउन होमिए । भेलामा माओवादी मात्रै देखिएपछि ‘नयाँ बोतलमा पुरानै रक्सी’ भन्ने आलोचना हुन थाल्यो । त्यो आलोचनाको खण्डन गर्न उनले केही हप्तापछि नै ३५ जनाको केन्द्रीय सचिवालय टिम घोषणा गरे । जसमा माओवादीका दुई नेता मात्रै परेका थिए । उनको पक्षमा मरिमेटेर लाग्ने नेता गंगा श्रेष्ठ, कुमार पौडेललगायत नै सचिवालयभित्र अटेनन् । व्यापक प्रचार–प्रसार र तयारी भयो । घोषणा सभाको दुई, तीन दिन अघिदेखि राजधानीका चोक–चोकमा बाबुराम भट्टराईको विशाल तस्विर भएका होडिङबोर्ड टाँगिए । राष्ट्रिय स्तरका मुख्य पत्रिकाका ‘फ्रन्ट पेज’ भरी बाबुरामकै ठूलो तस्विर सहितको विज्ञापन छापियो । त्यतिबेलै कार्यकर्ताले चरम व्यक्तिवाद देखियो भन्दै बाबुरामको चर्को आलोचना गरेका थिए ।

पार्टी घोषणापछि अन्तरिम परिषद्लाई नै केन्द्रीय परिषद्को मान्यता दिए । जम्बो कमिटीमा बस्नुको अर्थ नभएको भन्दै कैयौँ परिषद् सदस्यले राजीनामा दिए । कतिपयले पार्टी नै छोडे । ‘माओवादी टीके पार्टी भो’ भनेर आरोप लगाउने बाबुरामले आफू संयोजक रहेको पार्टीमा त्यसरी नै निधार थाप्ने जति सबैलाई टीका लगाइ दिँदै जान थाले भन्ने आरोप लगाए । पार्टी निर्माण र विस्तारको क्रममा उनको छलफल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग हुन थाल्यो । फोरमसँगको निकटता पार्टीभित्रका कार्यकर्ताले रुचाएनन् । पार्टी बाहिर पनि आलोचना हुन थाल्यो । सञ्चार माध्यमले पार्टी एकता हुन लागेको भन्दै समाचार प्रकाशित गरे । बाबुरामले एकताको कुरालाई निराधार हल्ला भने, सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भनेका थिए, नयाँ शक्तिमा व्यक्तिगत रुपमा जोसुकै मान्छे आउन सक्छन् तर, सिंगो पार्टीसँग नयाँ शक्तिको एकता हुँदैन । किनकि, फरक–फरक अंग जोडेर नयाँ शरीर बन्दैन । तर, केही महिना बित्न नपाउँदै उनले पार्टी एकता प्रक्रिया थाले । दर्जनौँ साना पार्टीसँग एकता गरे । उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता गर्न दिनहुँजसो बैठक चलाए । तर उनले पार्टी एकताको हल्ला हो भनेर बोले र नयाँ शक्तिसँग फरक अंग जोडेर नयाँ शरिर बन्दैन भन्दै गरे पनि पार्टी एकता भने २०७६, २३ वैशाखमा भयो ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएरै छोड्यो । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुबै विघटन गर्ने सहमतिमा हस्ताक्षर गरे । यादवले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष घोषणा गरे भने भट्टराईले यादवलाई केन्द्रीय समितिको अध्यक्ष घोषणा गरे । कार्यक्रममा एकीकृत पार्टीमा अशोक राई वरिष्ठ नेता, राजेन्द्र श्रेष्ठ सहअध्यक्ष सहित २३ पदाधिकारी सार्वजनिक गरे भट्टराई र यादव दुबैले यो ध्रुवीकरणको सुरुवात भएको बताउदै कांग्रेस पार्टीमा अल्मलिएर बसेकाहरुलार्इ ध्रुवीकृत हुन आह्वान समेत गरे । कांग्रेस र नेकपा ढल्ने वाला छ आगामी चुनावमा पहिलो पार्टी बन्ने लक्ष्य सुनाउँदै उनले भने, त्यहाँ अल्मलिएर बसेका साथीहरु समेतलार्इ आफ्नो पार्टीमा लाग्न आग्रह गर्नु कतिसम्म सत्य हो त्यो भने उनको योजना हेर्न बाँकी नै छ । बाबुरामले माओवादी छोडेपछि पुराना पार्टीले विभिन्न कालखण्डमा राम्रो इतिहास निर्माण गरिसकेको तर ती पार्टीबाट परिवर्तन सम्भव नभएको भन्नु उनमा अझै चेष्टा भने गतिलो नै देखिन्छ । अरु पार्टी र तिनका नेताको आलोचना नगर्ने समेत उनले प्रतिवद्धता गरे पनि समय बित्दै जाँदा प्रचण्डलाई भने सामाजिक सञ्जाल फेसबुकमार्फत दर्जनजति गम्भीर आरोप लगाउने गरेका छन् । त्यसपछि पनि प्रचण्डलाई ‘भ्रष्ट’, ‘षड्यन्त्रकारी’, ‘खाओवादी’लगायतका आरोप लगाउदै उनी अगाडी बढिरहेकै छन् ।

पार्टी छोडेर सत्तोसराप गर्दै हिँडेपछि प्रचण्डले पनि बाबुरामलाई माया मान्नुपर्ने ठाउँ थिएन । एक विद्वान, दूरदर्शी र भिजन भएको नेता पार्टी छोडेपछि उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकोले अब आर्थिक क्रान्ति शुरु गर्ने भने । पार्टीका कुनै कार्यक्रम आर्थिक क्रान्तिउन्मुख बनेनन् । प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्दै कपडामा हस्ताक्षर उठाएर प्रधानमन्त्री तथा आफ्ना पूर्वअध्यक्ष प्रचण्डलाई नै बुझाउने काममै बाबुरामले समय खेर फाले । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्दै ५७ वटा विषयमा संविधानमा ‘नोट अफ डिसेन्ट’ नै गरेको छ । त्यतिबेला बाबुराम आफैँ माओवादी पार्टीमा थिए । उनैले सम्झौताको दस्तावेज भन्दै नयाँ संविधानलाई ‘आधा भरी र आधा खाली गिलास’को संज्ञा दिएका थिए । अंकगणित महत्वपूर्ण नहुने भए उनी आफैँ प्रधानमन्त्री हुँदै प्रगतिशिल संविधान घोषणा गर्थे होलान् । तर बाध्यताले उनले नै पहिलो संविधानसभा विघटन गरेका थिए । बाबुरामले केही गर्लान् भन्ने विश्वास सर्वत्र थियो । तीन दशक लामो समयसम्म कम्युनिष्ट पार्टीमा लागेर जनयुद्धको सहायक कमाण्डर हुँदै देशको कार्यकारी प्रमुख बनिसकेको संस्था हुन् । बाबुरामले माओवादी छोड्दा राजनीतिक क्रान्ति सकिएको घोषणा गरेका थिए ।

डेढ बर्ष नबित्दै चुनाब चिन्ह माग्दै निर्वाचन आयोग घेराउ कार्यक्रम गर्दा उनी प्रहरीबाट प्रक्राउ समेत परे । त्यसपछि उनले नेपालमा लोकतन्त्र नै आएको रहेनछ भन्ने अभिव्यक्ति समेत दिए । भट्टराइले सांसद भएको पार्टीलाई मन्त्री दिने, जम्बो मन्त्रीमण्डल बनाउने लगायतका कामले निकै आलोचना खेपे । गठबन्धन’ गरेर प्रधानमन्त्री भएपश्चात् अर्थमन्त्री हुँदाको साख गुमाए । ज्यान गुमाउने १७ हजारको ‘ट्याग’ लागिरह्यो किनकि, माओवादीसँगको उनको नाता रगतको हो । रगतको सम्बन्ध आजीवन मात्र होइन, पुस्तौँ पुस्ता कायम रहन्छ । माओवादीमा सक्रिय हुने हो भने माओवादी नै पहिलो पार्टी बन्न सक्थ्यो । आज नेकपा बन्यो, बाबुराम मात्रै होइन, अरुपार्टी पनि नयाँ नै हुन् । किनकि, उनीहरु पनि समय अनुसार बदलिएका छन् । स्थानीय तहको चुनाबमा गोलाकारभित्रको हँसिया–हथौडामा बिपरीत पार्टीले पनि भोट नै हाले ।

पुर्व एमाले पार्टीले गाई र कमल थापाले सूर्यमा मत दिए । यो समय अनुसार पार्टी फेरिएको प्रमाण पनि यिनै हुन् । अहिलेको कांग्रेस सात सालको जस्तो छैन । एमाले २८ सालको जस्तो पार्टी पनि होइन । माओवादी पनि जनयुद्धकै रवाफको पार्टी होइन । सबै फेरिए र दुई पार्टी नेकपा हुँदै गर्दा बाबुरामले पनि पार्टी एकता गरे । बाबुराम मुलुकलाई चाहिने अव्वल र ‘भिजिनरी’ नेता हुन् । तर बाटो बिराउँदै हिँडिरहे ।

 

(लेखक: अखिल कान्तिकारी पुर्व केन्द्रिय कोषाध्यक्ष हुन् )

 

Comments

comments