“हार्डड्राईभ” या “पेनड्राईभ” मा रहेको फेक मेम्बरशीपलाई आधार मानेर संसारकै सबभन्दा ठुलो राष्ट्रिय समन्वय परिषद (एनसीसी) भएको हेजेमोनिक दम्भ पालेको अमेरिकाकै सिको गर्दै यसपटक अमेरिका भन्दा पनि धेरै सदस्य बनेको आईसीसी बन्न सफल भएको अष्ट्रेलियाको संख्या पनि “फूलेको बेलुन” मात्र हो कि भन्ने आशंका अहिले व्यापकरुपमा सतहमा आएको छ ।

सन २०१५-१७ को निर्वाचनमा तत्कालिन संस्थापनले भात्री संगठनका कार्यकर्ताहरुको परिचालन गरेर एउटै अमेरिकन एक्सप्रेस क्रेडिट कार्डबाट ६ हजार चार सय अमेरकि डलरसम्म भुक्तानी गरेका थिए । त्यही पदचाप पछ्याउँदै त्यही मडल रेप्लिकेट गर्दै चुनाब जित्ने चक्रब्युह रचना गरिरहेका झुण्डहरुले अस्ट्रेलियामा पनि एउटा क्रेडिट कार्डबाट १५० जनासम्मको सदस्यता शुल्क भुक्तानी गरिएको चर्चा अहिले बाहिर आएको छ । त्यहाँको संघीय कानुन अनुसार दर्ता भएको एनसीसीले त्यसो गर्न निषेध गरेको कुरा त्यहाँका जानकार रैथानेहरु बताउन थालेका छन । 


मौजुदा आईसीसीको बिधान र ५०१ (सी) ३ दर्ताको प्राबधानलाई बलजफ्ती मिचेर एनसीसी अमेरिकामा निरन्तर चौथो पटक राजनैतिक प्यानलनै खडा गरेर नेपाली कांग्रेस समर्थकहरुको राजनैतिक गुटले गैरसंबैधानिक काम गर्दै निर्वाचन जित्न सफल भएको प्रमाणिक सत्य देखेका केन्द्रले भर्खर “राजनैतिक प्यानल निर्माण गरेर चुनाब प्रचारमा जान नपाईने” भन्दै एउटा कर्मकाण्डी बिज्ञप्ति सार्वजनिक गरेको छ । यस्ता नियमहरु निर्वाचन आचार संहितामा पहिले पनि उल्लेख थिए तर वर्तमान आईसीसीका “कमान्डरहरु” संग बलियो ईच्छाशक्ति नभईन्जेल यो राजनैतिक महामारीको रोकथाम गर्न गाह्रो छ । 


मूलनै धमिलो भएको वर्तमान एनआरएनएमा स्वच्छ, सफा र कन्चन पानीको अपेक्षा गर्नु व्यर्थ छ तथापि सत्य-तथ्य सुचना र बिचारहरु साहासका साथ सम्प्रेषण गर्ने दायित्वबाट हामी भाग्दैनौं!

Comments

comments