अमेरिकी सर्वोच्च अदालतले मृत्युदण्डलाई स्वीकृति दिएको छ । तीन जनाको हत्या गरी शव तालमा फालेका ड्यानियल लुइस ली लाई मृत्युदण्ड दिईने निर्णय संगै अमेरिकामा पछिल्लो १७ वर्षमा पहिलो पटक संघीय कैदीलाई मृत्युदण्डको फैसलाको निर्णय भएको हो ।
मृत्यु दण्डको सजाय सुनाईएका लुईस लीले एकै परिवारका ३ जनाको हत्या गरेका थिए । एकै परिवारका श्रीमान श्रीमती र उनिहरुकी छोरीको हत्या पछि लीलाई गत डिसेम्बरमै मृत्युदण्ड दिने तयारी भएको थियो तर सो निर्णयलाई अदालतले अवरोध गरेपछि यो मुद्धा लम्बिएको थियो ।
लि को मृत्युदण्डसंगै अमेरिकामा १७ वर्षपछि संघीय तहमा हत्या आरोपमा दोषी ठहर भएका व्यक्तिले मृत्यदण्ड पाउने भएका छन् । लि लाई सोमबार मृत्युदण्ड दिने फैसला भएको थियो तर उनका परिवारले कोरोना संक्रमणको कारण बताउँदै तत्काल उनलाई मृत्युदण्ड दिने ठाउँमा आफुहरु जादाँ संक्रमणको जोखिम रहने भनेपछि केही दिनका लागि यो निर्णय रोकिएको थियो । तर त्यसविरुद्ध सरकार अपिलमा गएपछि सेभेन्थ युएस सर्किट कोर्ट अफ अपिलले सरकारको पक्षमा रुलिङ गरेको हो ।
यता हत्या भएका परिवारकी अबिभावक अर्थात हत्या भएकी महिलाकी आमा एर्लिन पिटरसन भने मृत्युदण्डको बिपक्षमा देखिएकी छन् । पिटरसनले आफ्नी छोरी, नातिनी र ज्वाईँका हत्याराबारे बोल्दै आफ्ना आफन्तका नाममा कसैको हत्या होस् भन्ने पक्षमा आफू नरहेको बताएकी थिइन् ।
प्रतिक्रिया