US Khabar

बहिनी नाता पर्ने १६ बर्षिया किशोरीलाई ३ बर्षदेखी बलत्कार गर्दै आएका वडा अध्यक्ष पक्राउ

- Admin | २ वर्ष पहिले प्रकाशित

बहिनी नाता पर्ने १६ बर्षिया किशोरीलाई ३ बर्षदेखी बलत्कार गर्दै आएका वडा अध्यक्ष पक्राउ

बहिनी नाता पर्ने १६ बर्षिया किशोरीको बलत्कार आरोपमा कालिकोट जिल्लाका वडा अध्यक्ष पक्राउ परेका छन् । ३ बर्ष अघि देखी ति किशोरीलाई बलत्कार गर्दै आएका खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरी मंगलबार पक्राउ परेका हुन् ।

आरोपी वडा अध्यक्ष शाही र ति किशोरी चिनजान २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा शाही वडा अध्यक्षको उमेद्वार रहेको समय भएको थियो । आफ्ना लागि भोट माग्न हिँडेका उनले चिन्दा १२ बर्षकी मात्र थिईन् । चिनजान पछि उनलाई बहिनी भन्दै नजिक भएका शाहीले उनलाई त्यहि समयदेखी अंगालो हाल्ने माया गर्ने गर्दै आएको तर आफुले यसलाई दाईको माया भनेर बुझेको किशोरीको बयानमा उल्लेख छ । पछि शाहीले स्कुलबाट फर्कर्दै गरेकी उनलाई जवरजस्ती आफ्नो घरमा लगेर पहिलो पटक बलत्कार गरेको र त्यसपछि यो कुरा बाहिर ल्याए हत्या गरिदिने भन्दै धम्क्याएर ३ बर्षदेखी पटक पटक बलत्कार गर्दै आएको उनले बताएकी छन् ।

यतिका समय बाहिर नआएको यो घटना असारमा वडा अध्यक्ष शाहीले बलत्कार गर्दै गर्दा अर्की किशोरीले देखेपछि बाहिर आएको हो । बिरामी भएर घरमा सुतिरहेकी आफ्नी साथीलाई बलत्कार गर्दै गर्दै गरेको अर्की किशोरीले देखेपछि शाहिले उनलाई पनि धम्क्याएका थिए । केही समय चुप रहेपछि अन्तत ति युवतीले आफुले देखेको कुरा अरु साथीलाई पनि सुनाएपछि गाउँमा यो खबर फैलिएको थियो । परिवार र गाउँलेको सहयोगमा पिडित किशोरीले शाही बिरुद्ध उजुरी दिएपछि उनलाई मंगलबार राति पक्राउ गरिएको हो ।

यता पक्राउ परेका आरोपित वडाअध्यक्ष शाहीले भने बहिनी नाता पर्ने उनलाई आफुले यस पक्रारको कुनै अनैतिक ब्यवहार नगरेको र आफुलाई फँसाउन खोजिएको बयान प्ररम्भिक अनुसन्धानमा दिएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!