नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । संक्रमणका कारण रौतहटका ३६ वर्षका पुरुषको बुधबार मृत्यु भएसंगै मृतकको संख्या ३९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनि केही दिन भारत बसेर फर्किएका थिए । कोरोनाका कारण आफ्ना दाईको भारतमा मृत्यु भएपछि दाह संस्कारका लागि गएका उनि नेपाल फर्किएपछि क्वारेन्टिनमा बसेका थिए । सुरुमा स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा उनको असार २९ गते स्वास प्रस्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन गरिएको स्वव परिक्षणमा कोरोना पोजेटीभ देखिएसंगै उनको स्वास्थ्य थप गम्भिर बन्दै गएकाले आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया