US Khabar

अमेरिकामा निर्मित कोभिड नियन्त्रण खोप नतिजा प्रभावकारी: दोस्रो चरणमा ३० हजारलाई खोप दिईने

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा निर्मित कोभिड नियन्त्रण खोप नतिजा प्रभावकारी: दोस्रो चरणमा ३० हजारलाई खोप दिईने

अमेरिकामा निर्मित कोभिड-१९ नियन्त्रण खोपको प्रभाव आसालाग्दो देखिएको बैज्ञानिकहरुले दावि गरेका छन् । मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउन सके संक्रमण रोक्न सकिन्छ भन्ने उदेश्यले निर्माण गरेको यस खोपको परिक्षण पछिको नजिता आसालाग्दो रहेको अमेरिकाले दावी गरेको हो ।

कोभिड १९ को उच्च जोखिम र मृत्यु बेहोरेको अमेरिकाले बरिष्ठ चिकित्सक एन्थोनी फाउची नेतृत्वको समूहलाई खोप निर्माणका लागि स्वकृति दिएको थियो । डा. एन्थोनी समुहले निर्माण गरेको सो खोप पहिलो चरणमा ४५ जनालाई दिईएको छ । परिक्षणका लागि दिईएको यस खोपको नजिता राम्रो आएसंगै अमेरिकाले दोस्रो चरण अन्तरगत जुलाईको अन्तिम साताबाट ३० हजार मानिसमा यो खोप परीक्षण गर्ने भएको छ ।

यो खोपले पूर्ण रुपमा कोरोनाको अन्त्य गर्ने नभई संक्रमित ब्यक्तीको रोग प्रतिरोधात्मक क्षमताको बृद्धी गर्ने भएकाले यसको प्रभावका कारण मानिसको मृत्यु रोकिने विश्वास अमेरिकाले ब्यक्त गरेको छ ।

प्रारम्भिक पक्षिणमा यो खोप दिएपछि कोरोनाकै जस्तो लक्षण पनि केही ब्यक्तीमा देखिएको छ भने केहीमा टाउको दुख्ने, खोकी लाग्ने र खोप दिइएको ठाउँमा दुख्ने गरेको बताईएको छ तर यसबाट आत्तिनु नपर्ने चिकित्सक टोलीले बताएका छन् ।

यो खोप एक महिनाको बीचमा दुई पटक दिईने छ । खोपको परिक्षण सकारात्मक देखिएपछि वैज्ञानिकहरु अर्को वर्षका लागि समेत खोप निर्माणमा उत्साहित देखिएको बताईएको छ  ।

(एजेन्सि)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!