विजय थापा ,डिसी ।

आगामी जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिन बाना द्वारा अतिथिहरुको सम्मानमा रात्री भोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

अमेरिकाका विभिन्न राज्यहरु बाट सहभागी हुन् आउने अतिथिहरुलाई स्वागत गर्दै रात्री भोजनको साथै सांस्कृतिक साँझ कार्यक्रमको प्रस्तुत पनि गर्ने आयोजकले जनाएका छन् ।

करिव २० वटा विभिन्न समितिहरु निर्माण गरि सकिएको छ भने डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा संघ/संस्था संग समन्वय गरिएको छ । सम्मेलन कुनै पनि संस्थाको एकल पहल र अगुवाईमा नभई सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नामकरण गरि एएनए ,आन्मा ,अनेसास र बानाले सयुक्त रुपमा आयोजनामा गर्ने छ ।

सम्मेलन होटल रेड लायन नर्थ बाल्टिमोरमा हुनेछ । कोठाहरु आरक्षित(बुकिङ्ग )खुला गरिएको छ । आगामी जुन १५ का दिन नेपाली राष्ट्रिय सम्मेलनको लागि भौतिक बैठक पनि बस्ने आयोजकले जनाएका छन् ।

नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य तथा वरिष्ठ लोक गायक दुत प्रेम राजा महत रहनु भएको छ । यसै गरि बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक तथा जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी हुनु हुन्छ ।

यसै गरि मूल सम्मेलन समिति (कोर कमिटि )समेत बनाइएको छ । उक्त मूल समारोह समिति अन्तर्गत सम्मेलन सभापति विजय श्रेष्ठ , बानाका अध्यक्ष सुबोध विलास पन्त ,एनईसिसी अध्यक्ष खिलेन्द्र न्यौपाने ,अनु श्रेष्ठ वन्त ,लोक तिवारी , एएनएका अध्यक्ष मेदिनी अधिकारी ,आन्माका अध्यक्ष बलराम पन्थी ,एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,एएनएका महासचिव विजय भट्टराई ,सिपिए लक्ष्मण प्रधान ,आन्माका महा सचिव डा दिवाकर दाहाल ,सरोज प्रजापति लगायत ,क्रिस घिमिरे ,कुलमणि आचार्य ,एएनएस का वरिष्ठ उपाध्यक्ष डा बिष्णु घिमिरे ,समिर महर्जन रहनु भएको छ ।

४ वटा संस्थाहरुको नेपाली राष्ट्रिय सम्मेलन हो । गत बर्ष ३ वटा संस्थाहरु मिलेर सिकागोमा प्रथम नेपाली राष्ट्रिय सम्मेलन सफलता पूर्वक सम्पन्न भएको थियो । सवै समुदायको साथ र सहयोग पाउने अभिलाषा सहित आयोजक समिति तथा सम्मेलन सभापति बिजय श्रेष्ठले सबैलाई आव्हान गरेका छन् ।

Comments

comments