अमेरिकी सैन्य संगठनको लेफ्टिनेन्ट पदमा नेपाली चेली नियुक्त भएकी छिन् । विश्वकै वृहत सैनिक संगठनको सेकेण्ड लेफ्टिनेन्टमा स्याङजाकी चेली अस्मिता गुरुङ नियुक्त भएकी हुन् ।

टेक्सास राज्यमा रहेको एक कलेजबाट ब्याचलर अफ साइन्स (नर्सिङ) मा स्नातक गरेकी अस्मिता भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने बताईएको छ ।

अस्मिताले अमेरिकी सैन्य संगठनमा आफु नियुक्त भए लगत्तै ९ मे २०१९ मा सपथ ग्रहण पनि गरिसकेकी छन् ।

विसं २०४६ साल मंसिर २९ गते स्याङ्जाको फेदीखोला ४ टोर्के जन्मेकी अस्मिता गुरुङले आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् भने पछि पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट ंप्लस २ सकेर अमेरिका भएकी थिईन् ।

 

Comments

comments