राजेन्द्र न्यौपाने\ गोरखा २५ जेठ । 

गोरखा निर्वाचन क्षेत्र नं. १ का संघीय साँसद हरीराज अधिकारीले जनताको जनवादबाट नेपालमा समाजवाद आउने बताएका छन् । आज गोरखा जिल्लामा गोरखा नगरपालिका भित्रका शिक्षकहरुद्वारा आयोजित कार्यक्रम नेता अधिकारीले भने “जनक्रान्तिमा टेकेर नेपालमा समाजवाद ल्याउन नेकपाले विधानमा नै उल्लेख गरेको छ , नेपालको मौलिकता सहितको समाजवाद नेपालमा आउँछ ।

” कम्युनिष्ट पार्टीको दुई तिहाई सरकारलाई सामान्य अर्थमा बुझ्न नहुने जिकिर गर्दै नेकपा परम्परागत ढंगले नभै सामन्तवाद, दलालपुँजीवाद, नोकरशाही संयन्त्रलाई आजको मुख्य दुस्मन मानी अगाडी बढेको बताए । आन्दोलनको कुनै सिमा नहुँने बताउँदै समाजवादसम्म नपुग्दा सम्म विभिन्न तरिकाबाट आन्दोलन भईरहने नेता अधिकारीको भनाई छ ।  नेपाल जित्ने नेकपाले भएको दावी गर्दै हजारौंसँग बहस गर्न सक्ने वैज्ञानिक विचारको नेकपाका नेता तथा कार्यकर्ताहरु जहिल्यै पनि अघि बढ्ने बताए ।

संगठित शक्तिले मात्र उपलब्धी ल्याउने दाबी गर्दै , संगठित तागत बाहेक अरु सबै कुराहरु भ्रम रहेको उनको भनाई थियो ।  जनयुद्ध र जनआन्दोलनको संगठित रुप जनक्रान्ति भएको नेता अधिकारीको भनाई छ । पार्टी एकता कोही बहादुर र कोही कमजोर भएको कारण नभै इतिहासको आवश्यकताले भएको उनको भनाई छ । नेकपाको पार्टी एकता प उनको भनाई छ । नेकपाको पार्टी एकता पछिको व्यवस्थापन सहमतिको आधारमा हुँदै जाने उनले बताए ।

ठूलो पदमा केही मानिसहरु  पुग्दैमा त्यस ठाउँको विकास हुन्छ भन्ने मान्यता राख्न नहुने बताउँदै विकासको कुरा नीति तथा कार्यक्रम, त्यस पार्टीको योजनाले प्रभाव पार्ने उनले बताए । ३२ वर्षसम्म प्रधानमन्त्री भएका भिमसेन थापा  पञ्चायत कालमा शासन गर्ने तत्कालिन गोरखाली शासकहरु जति माथि पुगेपनि गोरखा जिल्लाको विकास हुन नसकेको उनको भनाई छ ।

नेकपाको योजनाले मात्र समृद्ध गोरखा र समृद्ध नेपालको निर्माण गर्न सक्ने उनले बताए ।  कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण धिताल, शिक्षक महासंघका गोरखा जिल्ला अध्यक्ष ध्रुव भट्ट लगायतले मन्तव्य राखेका थिए ।

Comments

comments