जारी विश्वकप क्रिकेटमा भारतको कप्तानी गरिरहेका विराट कोहलीलाई ५ सय भारूको जरिवाना काटिएको छ। गुरूग्रामस्थित निवासमा घरबाहिर पिउने पानीले कार धोएका कारण उनलाई जरिवाना तिराइएको हो।

कोहलीको घरबाहिर सरकारी अधिकारीहरूले उनका घरेलु सहयोगी दीपकले पिउने पानीले बिएमडब्लु कार पखालिरहेको भेट्टाएपछि उनलाई जरिवानाको रसिद काटिएको हो। कार धोइरहँदा खानेपानी निगमका कर्माचारी त्यहाँ पुगेका थिए। नियम अनुसार पिउन उपलब्ध गराइएको पानी अन्य प्रयोजनमा प्रयोग गर्न पाईंदैन।

Comments

comments