काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भौतिक पुर्वाधारको विकासलाई मुख्य प्राथमिकतामा राखेको दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित दोस्रो नेपाल व्यापार शिखर सम्मेलनमा बोल्दै उनले सरकारले देशमा यातायात, सडक, राजमार्ग, रेलमार्गको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । सन् २०२६ सम्ममा नेपाललाई विकासोन्मुख राष्ट्र र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने ‘नेपाललाई विकासोन्मुख राष्ट्र र सन् २०३० सम्ममा मध्यम मुलुकमा स्तरोन्नति गर्ने सरकारको प्रतिबद्धता छ।’
प्रतिक्रिया