विराटनगर । प्रदेश १ को नाम कोसीको पक्षमा अत्याधिक मतदान भएको छ । कोसी प्रदेशको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् भने विपक्षमा ४ मत मात्रै खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत हालेपछि प्रदेशको नाम कोसी राखिएको हो । यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ भन्दा अधिक मत हो ।
कोसी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादीका ११ र राप्रपाका ५ जनाले मत हाले थिए। एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक र निरन राई र बिदुर लिङ्थेपको समर्थनमा कोसी नाममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । कोसी नामको प्रस्तावमा एमालेका ४०, कांग्रेसका २९ र माओवादीका १२ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । १३ सांसद रहेको माओवादीका बाबुराम गौतम सभामुख छन् । सो प्रस्तावको विपक्षमा ५ मत परेको छ । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले हालेको संशोधन प्रस्ताव पुनः अस्वीकार गरेको थियो । उनले किराँत लिम्बुवान कोसी प्रदेशको प्रस्ताव प्रदेश सभामा टेबुल गरेका थिए ।
प्रतिक्रिया