US Khabar

प्रदेश नामकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

प्रदेश नामकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ । प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । मन्त्रिपरिषद्ले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश नामकरणका लागि आज बुधबार भएको मतविभाजनमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना सांसदले मतदान गरेका थिए । ६ जना अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!