US Khabar

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

काठमाण्डौं । चलचित्र पत्रकार संघ नेपालको महाधिवेसन सम्पन्न भएको छ । फागुन १७ गते काठमाण्डौंमा सम्पन्न निर्वाचनबाट अध्यक्ष सहित १८ सदस्सीय कमिटि गठन भएको छ । निर्वाचनबाट अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । उनि यस अघि महासचिवको जिम्मेवारीमा थिए । त्यस्तै सचिव रहेर एक कार्यकाल विताएका रघुनाथ सापकोटा महाचिवमा निर्वाचित भएका छन् । महिला उपाध्यक्षतर्फ भने सुरक्षा भट्टराई निर्वाचित भइन् । त्यस्तै उपाध्यक्ष (कार्यक्रम)तर्फ कुवेर गिरी र उपाध्यक्ष (संगठन) तर्फ बिजय सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तैगरी सचिवमा खुल्लाबाट नवीन गिरी र समाबेशी सचिवमा उद्द्व रसाइली निर्वातिच भएका छन्, कोषाध्यक्षमा मनिष कार्की निर्वातिच हुँदा सहकोषाध्यक्ष मनिष अन्जान निर्विरोध निर्वातिच भए । बाँकि सदस्यमा मोहमद जालीम (निर्विरोध) सुष्मा श्री कार्की (महिला सद्स्य), कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुराँगाईं, सिपी जैसी, सुरेन्द्र थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!